ताजा पोस्ट :

विदुर मेयरकप फुटबलमा पोखरा महानगरपालिका फाइनलमा सोमबार पोखरा र विदुर भिडदै ,

3220

विदुर,-  नुवाकोटको बट्टारमा जारी विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगिता फाइनलमा कास्कीको पोखरा महानगर पालिका प्रवेश गरेको छ ।बुढानिलकण्ड नगरपालिका काठमाडौलाई पोखरा महनगर पालिका कास्कीले नुवाकोटको ० का विरुद्ध १ गोलले पराजित गरेको हो । विजयी टिमका जर्सी नं ७ का शुशिल लामाले एक गोल गरेका हुन् । उनी प्रतियोगितामा म्यान अफ द म्यान घोषित भएका हुन् ।  सोमबार भने बट्टारमा जारी विदुर नगर मेयर कप रााष्ट्रिय आमन्त्रण अन्तर नगरपालिका फुटलव प्रतियोगितामा फाइनल खेल हुने छ । फाइनल खेलमा विदुर नगरपालिका नुवाकोट र पोखरा महानगरपालिका कास्की दिउँसो दुई तिस बजे भिड्ने आयोजकले बताएको छ ।