ताजा पोस्ट :

यसपाली माघे संक्रान्तिमा शुभ योग : यो योगमा गरेको पुण्य सयौं गुणा बढी हुने ! सक्दो शेयर गरौ

6520

यसपाली मकर संक्रान्तिमा शोभन योगमा सूर्यले राशि परिवर्तन गर्दैछ । यस्तो समयमा जप, तप, दान, पुण्य, श्राद्ध, तर्पण, संस्कृती र खुशी साटासाटको पर्व माघे संक्रान्ति झनै विशेष हुनजान्छ । पूर्व फाल्गुनी नक्षत्र र शोभन योगमा मकर संक्रान्तिको संयोग परेकाले यसको महत्त्व झनै बढी भएको हो । यस्तो शुभ संयोगमा गरिएको दान पुण्य र अनुष्ठानले चाँडै फलदिने हुन्छ । माघ कृष्ण पंचमी, बुधवार तदनुसार १५ जनवरीको दिन माघे संक्रान्तिमा यस्तो विशेष संयोग बनेको छ । सनातन धर्ममा मकर संक्रान्तिलाई मोक्षको मार्ग भनिएको छ । यसै तिथिमा भीष्म पितामहले मोक्ष प्राप्त गर्नु भएको थियो । यसको साथै खरमास अर्थात् धनुर्मास समाप्त भए संगै सूर्य दक्षिणायणबाट उत्तरायण हुन्छ र सबै प्रकारको शुभकार्यहरू सुरु हुनेहुन्छ । यसै दिनबाट तीर्थराज प्रयाग, काशी आदि पवित्र तिर्थस्थलमा आजकै दिनबाट एक महिना सम्मको मकर स्नान प्रारम्भ हुन्छ । यो पवित्र दिनलाई सुख र समृद्धिको दिन सहजै मान्न सकिन्छ । यस दिन गंगाआदि पवित्र तिर्थस्थलको स्नान गर्नाले पापको क्षय भई अक्षय पुण्य मिल्ने र अन्त्यमा मोक्ष प्राप्ति हुने भएकाले सनातनिहरू यस्तो पर्व र माहा संयोगको समयमा गंगा आदि पवित्र तिर्थस्थलमा स्नानको साथै दान गर्ने गर्दछन् । मकर संक्रान्तिको दिन बुधवार पूर्वा फाल्गुनी नक्षत्र र शोभन योगमा मकर संक्रान्तिका मनाउँदै छौं । यस समयमा सूर्य उत्तरायण हुनुका साथै सूर्यको प्रभावले मनुष्यहरूको चेतनता, कार्य शक्ति, उर्जा र कार्यक्षमतामा वृद्धि हुन थाल्दछ । भगवान् सूर्यनारायण शनिदेवको पिता हुनुहुन्छ । सूर्य र शनि दुवै ग्रहहरूमा पराक्रमी ग्रह हुन् । जब यस्तो अवस्थामा सूर्यदेव मकर राशि मा आएको बेला शनिको प्रिय वस्तुहरूको दानगर्नाले सूर्य र शनिले आफ्नो भक्तलाई सदैव आफ्नो कृपा द्वारा शुभ फल प्रदान गर्नु हुन्छ । शास्त्र अनुसार दक्षिणायणलाई देवताहरूको रात्रि अर्थात् नकारात्मकताको प्रतीक र उत्तरायणलाई देवताहरूको दिन अर्थात् सकारात्मकताको प्रतीक मानिएको हुनाले यसदिन जप, तप, दान, स्नान, श्राद्ध, तर्पण आदि धार्मिक क्रियाकलापको लागि विशेष महत्त्व रहन्छ । यस्तो शुभ संयोगमा गरेको पुण्य सयौं गुणा बढी पुनस् प्राप्त हुन्छ । 

माघे मासे महादेवस् यो दास्यति घृतकम्बलम् ।

स भुक्त्वा सकलं भोगं अन्ते मोक्षं च प्राप्यति ॥ 

यसै कारणले धार्मिक दृष्टिले मकर संक्रान्तिको दिन तिलद्वारा निर्मित परिकार हरूको साथै घ्यू, कम्बल, ऊन, विद्युतीय उपकरणआदि श्रद्धापूर्वक दान गर्नाले सूर्यदेव र शनिदेवको विशेष कृपा द्वारा हामीलाई प्राप्तहुने र हाम्रो जन्म कुण्डलीमा सूर्यको स्थिति बलियो हुने ज्योतिषीय मान्यतापनि रहेको छ । यस्तो शुभ संयोगमा सूर्यदेव र शनिदेवलाई प्रसन्न गर्न सबै भन्दा उपयुक्त मकर संक्रान्ति नै भएकाले यो दिन झनै विशेष रहन्छ ।। 

–प. नारायणप्रसाद दुलाल