ताजा पोस्ट :

सोह्र श्राद्ध : पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिने हो, तिथिनुसार श्राद्ध किन गर्ने ?

3650

सोह्रश्राद्ध आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।  

श्राद्ध तिथिनुसार किन अनि कहिले गर्ने ?

-Hamarakura.com

पितृपक्षमा श्राद्ध किन गर्नुपर्छ ?

पितृपक्षमा वातावरणमा तिर्यक तरङ्गको (रजतमात्मक तरङ्गको) तथा यमतरङ्गको अधिकता हुन्छ। त्यसैले पितृपक्षमा श्राद्ध गर्नाले रजतमात्मक कोषसॅंग सम्बन्धित पूर्खाको लागि पृथ्वीको वातावरण कक्षमा आउन सरल हुन्छ । त्यसैले हिन्दू धर्ममा बताएको विधिकर्म त्यस विशिष्ट कालमा गर्न अधिक श्रेयस्कर छ ।’

श्राद्ध तिथिनुसार किन गर्ने ?

‘प्रत्येक कृत्य आफ्नो कार्यकारणभावको साथ जन्म लिन्छ। प्रत्येक कृत्यको प्रभावकारिता, त्यसको कार्यमान कर्ता, कार्य गर्ने उचित घटिका (समय) एवं कार्यस्थल आदिमा निर्भर गर्दछ । यी सबैको पूरकतामा कार्यको फलनिष्पत्ति अर्थात परिपूर्णता निश्चित हुन्छ तथा कर्तालाई विशिष्ट फल प्राप्त हुन्छ । यो कृत्य जब ईश्वरीय नियोजनको अर्थात प्रवृत्ति एवं प्रकृतिको संगमबाट घटित हुन्छ, तब त्यो प्रत्यक्ष इच्छा, क्रिया एवं ज्ञान, यी तीन स्तरको शक्तिहरुको सहायताले सगुण रूप धारण गरि साकार हुन्छ । विशिष्ट तिथि प्रकृतिको लागि आवश्यक अर्थात बल प्रदान गर्ने अर्थात मूल ऊर्जास्वरूप हुन्छ । अतः विशिष्ट तिथिमा विशिष्ट जीवको लागि (को नामबाट) गरिने कर्म,  त्यस कर्मबाट उत्पन्न प्रवृत्ति अर्थात फलनिष्पत्तिको लागि पोषक हुन्छ । प्रत्येक कृत्यलाई त्यस विशिष्ट तिथि अथवा विशिष्ट मुहूर्तमा गर्न महत्त्वपूर्ण हुन्छ; किनकि त्यस दिन ती घटनात्मक कर्मको कालचक्र एवं त्यसको प्रत्यक्ष घटनाक्रम, तथा त्यसबाट उत्पन्न परिणाम यी सबैको स्पन्दन एक समान अर्थात एक-अर्काको लागि पूरक हुन्छ । ‘तिथि’ त्यस विशिष्ट घटनाक्रमलाई पूर्णत्व प्रदान गर्नको लागि आवश्यक तरङ्गलाई कार्यरत गर्दछ ।’

श्राद्ध कहिले गर्ने ?

सर्वसामान्यतः अमावस्या, वर्षको बाह्र संक्रांति, चन्द्र-सूर्य ग्रहण, युगादि एवं मन्वादि तिथि, अर्धोदयादि पर्व, मृत्युदिन, श्रोत्रिय ब्राह्मणको आगमन इत्यादि तिथि श्राद्धको लागि उपयुक्त हुन्छ ।

१. ‘सामान्यतः प्रतिवर्ष जुन तिथिमा मनुष्यको मृत्यु भएको छ त्यहि तिथिमा (अंग्रेजी दिनांकानुसार होइन; अपितु हिन्दू पञ्चांगानुसार तिथिमा) श्राद्ध गर्नुहोस् । मृत्युतिथि ज्ञात छैन भने, केवल महिना ज्ञात छ भने त्यो महीनाको अमावस्यामा श्राद्ध गर्नुहोस् ।

२. मृत्युतिथि एवं महिना दुबै नै ज्ञात छैन भने फाल्गुन अथवा पौष अमावस्यामा श्राद्ध गर्नुहोस् ।

३. निश्चित मृत्युतिथि ज्ञात छैन भने जुन दिन मृत्युको विषयमा पता चल्यो त्यहि दिन श्राद्ध गर्नुहोस् ।

४. पूर्खालाई दैनिकश्राद्ध उदकद्वारा अर्थात् पूर्खालाई तर्पण दिएर पनि गर्न सकिन्छ ।

५. पूर्खालाई दैनिक श्राद्ध सम्भव छैन भने दर्शश्राद्ध गर्नुहोस् । दर्शश्राद्धले नित्य श्राद्धको सिद्धि हुन्छ । दर्श अर्थात् अमावस्या। दर्शश्राद्ध अर्थात् प्रत्येक महीनाको अमावस्यामा गरिने श्राद्ध ।

६. प्रत्येक महीना दर्शश्राद्ध गर्न सम्भव छैन भने न्यूनतम वैशाख, आश्विन एवं कार्तिक महीनाको अमावस्यामा गर्नुहोस् ।

७. वैशाख, आश्विन एवं कार्तिक महिनाको अमावस्यामा दर्शश्राद्ध गर्न पनि सम्भव छैन भने आश्विन महिनाको पितृपक्षमा महालय श्राद्ध अवश्य गर्नुहोस् । यो पनि सम्भव छैन भने आश्विन अमावस्यामा (सर्वपित्री अमावस्यामा) श्राद्ध गर्नुहोस् ।’