ताजा पोस्ट :

सामरीमा सोनाम ल्होछारको तयारी तिब्र,

2530

म्यागङ -तामाङ समुदायको महान पर्व २८५५ औं सोनाम ल्होछार तिथी अनुसार माग २२ गते रहेता पनि देश तथा विदेशमा रहनुभएका तामाङ समुदायले भने अझै विभिन्न सास्कृतिक कार्यक्रमहरु आयोजना गरी सोनाम ल्होछार मनाउदै आएका छन् । त्यसै गरी म्यागङ गाउपालिका वडा नम्वर ५ र ६ को संयुक्त आयोजनाम फागुन ३ र ४ गते औपचारीक रुपमा मनाउन लागेको ल्होछारको तयारी तिब्र भइरहेको जनाएको छ । फागुन ३ गते औपचारीक रुपमा उदघाटन गरी विभिद सास्कृतिक कार्यक्रमहरू गरीने र ४ गते पनि स्थानिय स्तरका कला सस्कृति झल्कने खालको प्रस्तीहरूका लागि कार्यक्रम तय गरेको लोछार कार्यक्रम संयोजक विश्व पाश तामाङले जानकारी दिनुभएको छ ।

म्हेन्दोमाया संस्कार सस्कृति र भेषभुषाको जगेर्ना गरौ मन्जुश्री सम्वद २८५५ औ सोनाम ल्होछार भव्यताका साथ मनाऔ भन्ने नाराका साथ मनाउन लागिएको ल्होछारमा स्थानिय कला सस्कृतिहरू जस्तै लामा, बोम्बोहरूको परम्परागत प्रस्तुतीहरू रहनुका साथै राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुति रहने संयोजक तामाङले बताउनु भएको छ । नुवाकोटको म्यागङ गाउपालिका वडा नम्वर ५ सामरीम भञ्ज्याङमा हुन लागेको ल्होछार सास्कृतिक कार्यक्रममा लोकदोहोरी गायीका बीमाकुमारी दुरा, मोडल रश्मी तामाङ, रमाला पाख्रिन, रोशन फ्युपा, राम गोम्जा, जोङबा कान्छा, मिना लामा, मनमाया वार्इबा, पुष्पा वार्इबा, शैलप वार्इबा लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।