ताजा पोस्ट :

शिवपुरी गाह्रेमा माघ २६ गते सोनाम ल्होछार कार्यक्रम हुदै,

4910

शिवपुरी - नुवाकोट जिल्लाको पुवि भेगमा अबस्थित शिबपुरी गाउँपालिका को वडा न ५ महाकालिको सिलामे गाह्रे मा  माघ २६ गते तामाङ्ग संस्कृतिक,तामाङ्ग पहिचान भन्ने उदेश्य साथ सोनाम ल्होछार २८५५औं फाल्हो  बदेल बर्गको अबसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

सो कार्यक्रम स्थानिय क्लब रान्चेभुमे युवा क्लब र प्रगतिशिल कृषक महिला समूहले आयोजन गरेको हो । कार्यक्रममा स्थानिय कलाकार र राष्टिय कलाकारले कार्यक्रममा कला प्रस्तुत गर्ने कार्यक्रम रहेको  क्लब रान्चेभुमे युवा क्लबका अध्क्षय अविन तामाङ्गले शिवपुरी अनलाईन जानकारि दिनु भयो ।