ताजा पोस्ट :

नुवाकोटबाट अब काठमाण्डौ जान ३ सय ३० तिनुपर्ने

8220

नुवाकोट । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेसँगै नुवाकोटबाट काठमाण्डौ जाने सार्वजनिक सवारीसाधनको समेत भाडा वृदि भएको छ ।

यससँगै नुवाकोट– रसुवासहित १३ जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनको वृद्धि भएको भाडा कार्यान्वयनमा आएको छ । यससँगै नुवाकोटबाट काठमाडौ–त्रिशुलीको भाडा दईसय २० बाट बढेर दुई सय ७० पुगेको छ ।

यस्तै एसी बसको भाडा भने दुई सय ७० बाट ३ सय ३० पुगेको छ । धुन्चे– काठमाडाकंै पुरानो भाडा पाचँ सय २५ रहेकोमा नयाँ भाडादर ६ सय ४५ तोकिएको छ ।

यो रुटमा एसी बसको भाडा पुरानो ६ सय ७० रहेकोमा नयाँ भाडादर आठ सय २५ ताेिकएको छ । 

त्यसगैरी स्याफ्रबुेसी–काठमाडाको ६ सय ३० पुराानो भाडादर रहेकोमा नयाँ भाडादर सात सय ७५ तोकिएको छ । यही रूटमा एसी बसको भने पुरानो भाडा सात सय ६० बाट बढेर नौ सय ३५ पुगेको छ ।