ताजा पोस्ट :

नुवाकोटमा थप ३ जनामा काेराेना पाेजेटिभ, सङ्क्रमितको संख्या १३ पुग्यो

10400

नुवाकोट । नुवाकोटका थप तीन जनामा कोरोना भाईरस (कोभिड-१९) को सङ्क्रमण पुष्टी भएको छ । बागमती प्रदेशको राजधानी हेटौँडास्थित पिसिआर ल्याबमा गरिएको परिक्षणबाट जिल्लाको तारकेश्वर गाउँपालिकाका थप तीन जनामा कोरोना पोजेटिभ पाईएको हो ।

पोजेटिभ देखिएकाहरुमा २१ वर्षिय, २५ वर्षिय र २९ बर्षिय पुरुषहरु रहेका छन । भारतबाट आएर तारकेश्वर गाउँपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाईनमा रहनेक्रममा शंकास्पद लक्षण देखिएपछि उनीहरुलाई गत शनिवार त्रिशूली अस्पतालको आईशोलेसनमा भर्ना गरिएको थियो । यससँगै तारकेश्वर गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

नुवाकोटको विदुर नगरपालिका, वेलकोटगढी नगरपालिका, ककनी गाउँपालिका, तादी गाउँपालिका म्यागङ गाउँपालिका र तारकेश्वर गाउँपालिकासहित कुल १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।