ताजा पोस्ट :

पञ्जीकरण विभागका लागि जागिरको अवसर, एसएलसी र प्लस टुले दिन पाउने

3250

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत करीब दुई हजारको संख्यामा कर्मचारी माग गरेको छ ।

विभागले ७ सय ५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ।

जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जना रहेको छ ।

एम.आईं.एस. अपरेटरका लागि प्लस टु र फिल्ड सहायकका लागि एस.एल.सी. वा सो सरह उतीर्ण गरेको हुनुपर्ने छ ।