ताजा पोस्ट :

तारकेश्वर सूर्यदर्शनटोलमा सार्वजनिक सरोकार विषयको बृहत कार्यक्रम सञ्चालन हुने

8690

तारकेश्वर नगरपालिका वडा नं ९ को सूर्य दर्शन टोलमा सार्वजनिकस्तरको पहिलो कार्यक्रम सञ्चालन हुने भएको छ ।  सूर्य दर्शन टोल सुधार समिति मनमैजुको आयोजनामा हुने कार्यक्रममा विकासका लागि स्थानीय तहको सहयोग र समुदायको सहकार्य विषयक अन्तरक्रिया समेत हुने टोल सुधार समितिले जनाएको छ । कार्यक्रममा बडा दशै तथा दीपावली २०७६ को शुभकामना आदान प्रदान सँगै सूर्य दर्शन टोल सुधार समितिका विविध सामाजिक कार्य र विकासका कार्यमा सहयोग पुर्याउने स्थानीय जनप्रतिनिधि, राजनीतिक व्यक्तित्वहरु र सामजसेवी एवं व्यवसायिक व्यक्तिहरुलाई सम्मान समेत गरिनेछ ।  उक्त कार्यक्रम उल्लेखित मिति र स्थानमा सञ्चालन हुने भएकोले उपस्थितीको लागि सूर्यदर्शन टोल सुधार समितिले टोलबासी तथा सबै क्षेत्र निकायका व्यक्तित्वहरुलाई अपील समेत गरेको छ  ।

प्रमुख अतिथि  रामेश्वर बोहरा

मेयर तारकेश्वर नगरपालिका, काठमाडौं

कार्यक्रम सञ्चालन तालिका

कार्यक्रम विषय  : विकासका लागि स्थानीय तहको सहयोग र समुदायको सहकार्य विषयक अन्तरक्रिया

सञ्चालित जिल्ला : तारकेश्वर नगरपालिका वडा नं ९ काठमाडौं

स्थान : सूर्य दर्शन टोल सुधार समिति, वडा नं ९ मनमैजु

मिति : २०७६ असोज ४ गते

समय :  बिहान ७.०० बजेदेखि १०.०० बजेसम्म

सम्पर्क : रुद्रराज सिंह - 9841239378

सानो काजी खत्री (आशिष) - 9841597089

भरतराज उप्रेती - 9851093493