ताजा पोस्ट :

कोरोनाको अन्तिम भेरियन्ट ओमिक्रोन हुनसक्छ : विज्ञ

27400

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन यसको उन्मूलनको कारण हुन सक्ने विज्ञहरुले बताएका छन् । ब्रिटिस मेडिकल काउन्सिलका एक पूर्व वैज्ञानिकले यसबारे जानकारी दिएका छन् । विज्ञहरूका अनुसार ओमिक्रोनको द्रुत फैलावटबाट डराउनु नपर्ने र  महामारी समाप्त हुनसक्ने संभावना रहेको बताएका छन् ।  ओमिक्रो डेल्टाभन्दा धेरै ढिलो फोक्सो मार्फत फैलिने गरेको तथ्य फेला पारेको विज्ञहरुले बताएका छन् । तर, यो भेरियन्ट युरोप र अमेरिकामा निकै छिटो फैलिरहेको छ ।

विज्ञका अनुसार भाइरसले मानिसलाई गम्भीर बिरामी बनाउने पर्याप्त अवसर नपाउने तर पहिलेदेखि नै गम्भीर बिरामी भएका व्यक्तिलाई समस्या हुन सक्छ । अब ओमिक्रोनले डेल्टा भाइरसलाई द्रुत रूपमा प्रतिस्थापन गरिरहेको छ । बिरामीहरू पनि द्रुत रूपमा बढ्दैछन् । तर डराउनु पर्दैन, किनकि यो जति धेरै मानिसहरूमा फैलिन्छ यति नै मानिसहरूले प्राकृतिक प्रतिरोधात्मक क्षमता प्राप्त गर्नेछन् ।

भ्याक्सिनले सिर्जना गरेको रोग प्रतिरोधात्मक क्षमताभन्दा संक्रमणका कारण सिर्जना भएको रोग प्रतिरोधात्मक क्षमता शरीरमा लामो समयसम्म रहन्छ । यस कारण यो जति छिटो फैलिन्छ । त्यति नै यसको खतरा कम हुन्छ। यो संस्करणले कोरोना महामारीको अन्त्य गर्नेछ ।

पूर्व ब्रिटिश मेडिकल काउन्सिल वैज्ञानिक डा राम एस उपाध्यायले ओमिक्रोन बारे राहत दिने जानकारी दिएका छन् । डा. उपाध्यायका अनुसार ओमिक्रोन डेल्टा भेरियन्टभन्दा एकदमै फरक छ। डेल्टाले फोक्सोमा पुगेर क्षति पु¥याउँछ । जबकि ओमिक्रोनले श्वासनलीमा रोकेर यसको संख्या बढाउँछ। ओमिक्रोन फोक्सोमा पुग्दासम्म यसको गति १० गुणाले घटे तथ्य फेला परेको उनले बताएका छन । त्यसैले बिरामीलाई अक्सिजन सपोर्टको आवश्यकता नपर्ने गरेको उनको दावी छ । 

मानव श्वासनलीमा म्यूकोसल प्रतिरक्षा प्रणाली हुन्छ । जुन प्रतिरक्षा प्रणालीको केन्द्र हो । यहीँ एन्टिबडी बनाइन्छ । जसलाई ‘इम्युनोग्लोबुलिन आईजीए’ भनिन्छ । जब ओमिक्रोनले श्वासनलीमा नै आफ्नो संख्या बढाउँछ । यहाँ पहिले नै उपस्थित एन्टिबडीहरू छिटो सक्रिय हुन्छन् । सरल शब्दमा भन्नुपर्दा एन्टिबडीहरूले ओमिक्रोनलाई गम्भीर खतरा हुनु अघि नै नष्ट गर्न थाल्छ ।