ताजा पोस्ट :

नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरस खतरनाक रुपमा फैलदै, यूरोपेली देश र अमेरिकाले यात्रामा बन्देज लगाए

24800

एजेन्सी, । अफ्रिकामा भेटिएको कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रनको सन्त्रास बढेको छ । विश्वका कतिपय देशले नयाँ प्रजातिको कोरोना भाइरस खतरनाक भएकोले यात्रामा कडाई गरेका छन् ।

ओमिक्रन सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको हो । यो छिट्टै अन्य महादेश र देशहरुमा फैलन थालेको छ । अहिलेसम्म ४ मुलुकहरुमा ओमिक्रन पत्ता लागेको छ । जर्मनीमा शंकास्पद ओमिक्रन फेला परेको भन्दै अध्ययन भइरहेको छ । सम्भावित संक्रमणको फैलावटलाई दृष्टिगत गरी अमेरिका, क्यानडा, रुस र युरोपेली युनीयनसम्वद्ध अन्य मुलुकहरुले यात्रामा कडाई गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले नयाँ प्रजातिबारे सजकता अपनाउने घोषणा गरेपछि यात्रामा बन्देजहरु लगाइएका छन् । यूरोपेली देश र अमेरिकाले अफ्रिकाका संक्रमित देशहरुबाट यात्रामा रोक लगाएका छन् ।

ओमिक्रन निकै छिटो फैलन प्रजातिको कोरोना भाइरस भएको तथ्य फेला परेको छ । यो बोटस्वाना हङकङ र बेल्जियममा फेला परेको छ । यो दक्षिण अफ्रिकामा निकै द्रुत गतिमा फैलिइरहेको तथ्य फेला परेको छ ।

युरोपेली सेन्र फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोलले ओमिक्रन प्रजाति निकै डरलाग्दो भएको उल्लेख गरेको छ । यसकारण पनि विश्वभर सन्त्रास बढेको छ ।