ताजा पोस्ट :

प्रधानन्यायाधीश जबराले राजीनामा दिने

21700

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्तसहित राजीनामा दिन तयार भएका छन् ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीहरुको चेतावनीपछि सर्तसहित राजीनामा दिन तयार भएको स्रोतको दाबी छ ।

पदबाट राजीनामा दिन प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने सर्त राखेका छन् । त्यस्तै आफूसहित बहालवाला न्यायाधीश, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सर्त राखेको स्रोतको भनाइ छ ।

आफ्नो प्रस्ताव मान्न सबै न्यायाधीश तयार भएमात्र आफूले दिने राजीनामा प्रधानन्यायाधीश जबराले स्पष्ट पारेको स्रोत बताउँछन् । अन्यथा कुनै हालतमा राजीनामा नदिने उनले स्पष्ट पारेका छन् ।

मन्त्रिपरिषद् विस्तारमा ‘भाग खोजेको’ पछि प्रधानन्यायाधीश जबराको राजीनामा माग हुँदै आएको थियो । अहिले भ्रष्टाचारलगायत न्यायपालिकामा विद्यमान अन्य विकृति र विसङ्गति समेत उनको पालामा मौलिएको भन्दै चर्को विरोध हुँदै आउएको छ ।