ताजा पोस्ट :

न्युजिल्यान्डमा इच्छा मृत्युसम्बन्धी कानुन लागू भयो

29900

काठमाण्डाै - न्युजिल्यान्डमा इच्छा–मृत्युले कानुनी रुप पाएको छ । अब न्युजिल्यान्डमा इच्छाअनुसार मृत्यु वरण गर्न पाउने कानुनी व्यवस्था लागू भएको छ ।

यसअघि स्विट्जरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम, लग्जमबर्ग, क्यानडा, अस्ट्रेलिया र कोलम्बियाले इच्छा मृत्युलाई कानुनी मान्यता दिइसकेका छन् ।

न्युजिल्यान्डमा इच्छा मृत्यु गम्भीर रोगका कारण डाक्टरले ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनेर प्रमाणित गरेका व्यक्तिमा मात्र लागू हुने बीबीसीले जनाएको छ ।

न्युजिल्यान्डमा इच्छा मृत्युका विषयमा भएको जनमत सङ्ग्रहमा ६५ प्रतिशतभन्दा बढी मत यस कानुनका पक्षमा आएको थियो ।

इच्छा मृत्युलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा न्युजिल्यान्डमा लामो समयदेखि बहस भइरहेको थियो ।