ताजा पोस्ट :

विश्वकै सर्बजेष्ठ मानिसको रुपमा ११९ बर्षिय जीवित देबी बाटुली लामिछानेको गिनिज बुक अफ वोर्ल्ड रेकर्ड

28400

सावित्री बस्नेत " सबु " -  काठमाडौँ  - विश्वकै सर्बजेष्ठ मानिसको रुपमा  ११९ बर्षिय  जीवित देबी बाटुली लामिछानेको गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा दाबि  गर्ने हुनु भएको छ।  नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती हुन् लामिछाने । बिहिबार लामिछानेको आवासका लागि बाटुली लामिछाने फाउण्डेशनले निर्माण गरेको बाला भवनको हस्तान्तरण गर्दै बिस्व रेकर्डका लागि पहल अगाडी बढेको बताईएको हो।  नवनिर्मित भवनको हस्तान्तरण प्रमुख अथिति  बागमती प्रदेशका सदस्य बद्री मैनालीले गर्नु भएको हो।

 

११९ बर्षिय लामिछाने को दैनिकी आज भोली बिहान–बेलुका दूधसँग मसिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल तथा तरल पदार्थ खाएर वित्ने गर्दछ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि लामिछाने अहिलेसम्म स्वस्थ्य देखिनुहुन्छ ।

अहिले उहाँको स्वास्थ्य अवस्था हेर्ने हो भने सामान्य देखिन्छ । दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्ने क्ष्मता उहाँसँग अझै रहेको छ ।

लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएकाले केही वर्ष देखिनै मानव कल्याण आध्यात्मिक प्रतिष्ठान नेपाल ,आईसिटी पत्रकार विकास मञ्च ,राष्ट्रिय प्रेस क्लब नेपाल र पिडित तथा असाय सहयोग केन्द्र नेपालले संयुक्त रुपमा गरीरहेको छ । उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड मा दर्ज गराउने अन्तिम तयारी भएको कुरा मानव कल्याण आध्यात्मिक प्रतिष्ठान नेपाल का संरक्षक शिवतान्त्रिक गुरुले कार्यक्रममा बताउनु भएको हो ।