ताजा पोस्ट :

कान्तिपुर मलमा तिहार र छठको रौनक बाँकी : सामान किन्नुस,बाईक चढ्नुस

47200

काठमाण्डौँ - दशै सकिदा पनि कान्तिपुर मलमा चाडपर्वको रौनक भने घटेको छैन।दशै,तिहार र छ्ठ पर्वलाई लक्षित गरेर कान्तिपुर मलले विशेष छुटका साथै उपहारको पनि व्यवस्था गरेको छ। यसको प्रभाव व्यापारमा देखिन थालेको कान्तिपुर मलका व्यवसायीहरु बताउछन् मलको चारै कुना सिगारिएको छ ।

त्यस्तै कान्तिपुर मलले दशै,तिहार र छ्ठ पर्वको अवसरमा उपहार योजना पनि ल्याएको छ। कान्तिपुर मलमा सामान किनमेल गर्ने हरेक ग्राहकले रु १००० भन्दा माथीको खरिदमा एक वटा उपहार कुपन सित्तैमा प्राप्त गर्नेछन् ।

उपहार योजना अन्तर्गत मङ्सिर १ गते कान्तिपुर मलमा ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुनेछ। उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा बाईक,दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर,तेश्रो पुरस्कार मेमाको ४२’ को टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रीज र अन्य सान्त्वना पुरस्कार पनि राखिएका छ्न् ।

कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मुल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी भरत बस्नेत बताउनुहुन्छ। कान्तिपुर मलमा वित्तिय संस्था, सैलुन,गुदपाक,लत्ताकपडा,ईलेक्ट्रोनिक्स आईटम,रेस्टुरेन्ट लगायतका सेवासुबिधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवाल बताउनुहुन्छ।

सुहाउँदो मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउनु कान्तिपुर मलको मुल ध्येय रहेको कान्तिपुर मल व्यापार संघका उपाध्यक्ष रमेश गौतम बताउनुहुन्छ। ग्राहकहरुले ढुक्क भएर कान्तिपुर मलमा किनमेल गर्न सक्ने व्यवसायी श्याम पौडेल बताउनुहुन्छ।

कान्तिपुर मलको उपहार योजना कार्तिक मसान्त सम्म चल्नेछ। लक्की ड्र मङ्सिर १ गते ग्राहकहरुको उपस्थितिमा सार्वजनिक गरिनेछ।भाग्यशाली ग्राहकले ड्र सम्पन्न भएको मितिले सात दिनभित्र कान्तिपुर मलको अफिसमा अर्धकट्टीसहित दाबी गर्नुपर्ने छ।