ताजा पोस्ट :

नुवाकोटको छहरे-टोखा सडकखण्ड निर्माणका लागि १० करोड बजेट विनियोजन

26900

नुवाकोट । काठमाडौंलाई नुवाकोटसँग जोड्ने छोटो दुरीको सडकखण्ड टोखा छहरे सडकखण्ड निर्माणको लागि दश करोड बजेट विनियोजन भएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य हित बहादुर तामाङ र बागमती प्रदेश सभा उपसभामुख राधिका तामाङको विशेष पहलमा सो सडकको निर्माणका लागि अर्थमन्त्री जनार्दन शर्माले बजेट विनियोजन गरेका हुन् ।

निरन्तर संचालनमा रहे पनि उक्त सडकमा यात्रा गर्न निकै कठिन रहेको छ । बजेट अभावले सडक निर्माण कार्यमा असर परेपछि माओवादी नेताद्वयको पहलमा अर्थ मन्त्रालयबाट १० करोड बजेट विनियोजन भएको मन्त्री शर्माको स्वकीय सचिवालय स्रोतले जनाएको छ ।

साथै छहरे घले भंज्याङ सडकलाई बहु वर्षीय योजना अन्तर्गत ३ करोड रुपैंया विनियोजन गरिएको बागमती प्रदेश उपसभामुख राधिका तामाङले बागमती प्रेसलाई जानकारी दिईन् ।