ताजा पोस्ट :

तालिबान सत्तामा पुर्याउने अमेरिकानै भएको तथ्य खुल्यो

29200

काठमाडौं । अफगानिस्तानको सत्ता लिएपछि तालिबानको एक नयाँ रूप देखिएको छ । एक रिपोर्टका अनुसार तालिबानले ती भिडियोहरु जारी गरेको छ, जसमा उनीहरुका सेनाहरुले अमेरिकी निर्मित सैन्य उपकरणहरु प्रयोग गरिरहेका छन् ।

उनीहरुसँग आधुनिक साना लुकाउन मिल्नेदेखि ठूला हतियार छन् । उक्त भिडियो तालिबानसंग सम्बन्धित च्यानलहरुमा सार्वजनिक भएको छ । तालिबानले ‘बद्री ३१३ ब्रिगेड’ नामको विशेष सैन्य दस्ता तयार गरेको हो ।

काबुलका स्थानहरुको सुरक्षा गर्नका लागि उक्त दस्ता परिचलान गरेको बताइएको छ । ‘द सन’ को एक रिपोर्ट अनुसार तालिबान सेनाहरु, सामान्यतया परम्परागत पोशाकमा देखिने गरेका छन् ।

तर नयाँ सैन्य दस्तामा एके–४७ असल्ट राइफलमा देखा पर्छन । उनीहरुसँग एम४ र एम–१६ असल्ट राइफल, बुलेटप्रूफ ज्याकेट र नाइट भिजन गगल्स भएको हेलमेटमा देखिन्छन् । समाचार अनुसार सो यूनिट उच्च प्रशिक्षित र अत्याधुनिक सैन्य उपकरणका साथ हुन्छ ।

तालिबानले जारी गरेको भिडियोमा, बद्री ३१३ सैनिकहरुलाई नाइट भिजन गगल्ससंग अमेरिकी विशेष बल सैन्य हेलमेट लगाएको देख्न सकिन्छ । अमेरिकी सैनिकले जसरी उनीहरु आईवियरमा देखा परेका छन् ।

बद्री ३१३ नाम १४०० बर्ष पहिले बद्रको लडाईँपछि नाम दिइएको थियो । पैगम्बर मुहम्मदले ३१३ जना मानिसहरुसँग ठुला विपक्षीलाई पराजित गरेको विश्वास गरिन्छ ।

नाम नखुलाउने शर्तमा एक अमेरिकी अधिकारीले रोयटर्सलाई भने अमेरिकाले कुनै सामानपनि नर्फकाई हरेक चीज अहिले तालिबानको हात लागेको छ । एक अन्य अधिकारीले रोयटर्सलाई अहिले सम्म कुनै निश्चित संख्या नभएको भनेका छन् ।

खुफिया अनुमानहरु अनुसार २,००० भन्दा बढी बख्तरबन्द सवारीहरु तालिबानसँग छन् । त्यसमा यूएस ह्यूवेस र यूएच–६०, ब्ल्याक हक्ससँगै स्काउट अट्याक हेलिकोप्टर र स्कैनईगल सैन्य ड्रोन सहित सम्भावित रूपमा ४० विमान पनि रहेका छन् ।

अमेरिकी प्रतिनिधि सभाको विदेश मामिला समितिका शीर्ष रिपब्लिकन माइकल म्याकलले भने, ‘हामीले पहिले नै तालिबान सेनाहरुलाई अमेरिकाले बनाएको हतियारले सशक्त देखेका छौं जुन उनीहरु अफगान सेनाहरुबाट लिई रहेका छन् । त्यहाँ ठूलो संकट छ ।’

संयुक्त राज्य अमेरिकाले २००२ देखि २०१७ सम्म अफगानिस्तानलाई २८ अर्ब डलर बराबरको हतियार र सैन्य उपकरण दिएको छ । त्यो सबै तालिबानसँग रहेको बताईन्छ ।