ताजा पोस्ट :

आशिस झाले सरकारी स्कूल पढेर एमबीबीएस टप गरे

35200

धनुषाका आशिस झाले सरकारी स्कूल पढेर एमबीबीएस टप गरेका छन् । ११ हजार बढी विद्यार्थीले एमबीबीएसका लागि इन्ट्रान्समा दिएका थिए । जसमध्ये ४३ सय बढी मेधावी विद्यार्थीहरुले एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरे । मेधावी विद्यार्थीहरुमध्येमा धनुषा गेरूवाही १० का आशिक झा सर्वोत्कृष्ट भए। २ सय पूर्णांकमा १८६ अंक प्राप्त गरेर सर्वोत्कृष्ट भएका हुन्, उनी । बिहीबार साँझ अबेर एमबीबीएस इन्ट्रान्सको रिजल्ट हुँदा सर्वोत्कृष्ट भएको पहिलो खबर आशिकले दाजुबाट सुने । सबैभन्दा पहिले उनले आफूले टप गरेको कुरा जनकपुरमा रहेकी आमा रिंकुकुमारी मिश्रलाई सुनाए । आमाले भनिन्, ‘छोरा अघि बढ्दै गर । प्रगति गर । एकदमै खुसी छु ।