ताजा पोस्ट :

क्यानडा गएर अध्ययन गर्न चाहनेहरुको लागि नयाँ प्रावधान यस्तो छ

50700

क्यानडा गएर अध्ययन गर्न चाहनेहरुको लागि खुशीको खबर आएको छ । पछिल्लो समय क्यानाडाका लागि काम गर्ने कन्सल्टेन्सीहरुले प्रचार प्रसार तिब्र पार्न थालेका छन् । कोभिडका कारण अष्ट्रेलिया , युके लगायत अन्य देशहरुमा बिद्यार्थी भिसा असहज भएको अवस्थामा क्यानाडाले भने अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई प्राथमिकता दिएको गोरेटो कन्सल्टेन्सी नयाँ बानेश्वोरका प्रोग्राम काउन्सलर धिरज कंडेलले बताए । प्रोग्राम काउन्सलर कंडेलका अनुसार बिगतको तुलनामा भिसा रेसियोमा सकरात्मक परिवर्तन देखिएपनी राम्रो र प्रस्ट स्टेटमेन्ट अफ प्रपोज (SOP), उपयुक्त प्रोग्राम, बिश्वविद्यालय छनौट र ईंग्लिश टेस्टको (IELTS, TOEFL, PTE) मा राम्रो स्कोर अपरिहार्य रहेको छ ।

क्यानाडाको अध्यागमन मन्त्रालयले अन्तरराष्ट्रिय बिद्यार्थीहरु क्यानाडाका लागि सामाजिक , सांस्कृतिक र आर्थिक क्षेत्रमा राम्रो टेवा पुर्याएकाले आगामी बर्षहरुमा अन्तराष्ट्रिय विधार्थीहरुलाई उच्च प्राथमिकता दिने निती अबलम्बन गरेको छ । पछिल्ला दिनमा नेपालबाट पनि क्यानाडा अध्ययन गर्न चाहने बिद्यार्थीहरुको संन्ख्या उल्लेख्य मात्रामा बढीरहेका बेला यो अवसरमा गोरेटो कनसल्टेन्सीले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । नयाँ बानेश्वरमा अवस्थित गोरेटो कन्सलट्यान्सीले इन्फरमेसन विकका रुपमा साताब्इपी रुपमा कार्यक्रम संचा

फेब्रूअरी १ देखि ८ तारिखसम्म ‘स्टडी इन क्यानडा इन्फरमेशन विक’का रुपमा हुन लागेको सप्ताहब्यापी काउन्सिलगं कार्यक्रममा ५ सय बढी बिद्यार्थीहरुको सहभागीता रहने गोरेटोको आँकलन छ । उक्त कार्यक्रममा +2/ A Level, PCL Nursing र अन्य प्रोग्रामहरु पुरा गरेर बसेका क्यानाडा अध्ययन गर्न चाहने बिद्यार्थीहरु तथा बिद्यार्थीका अभिभावकहरुको रोजाइमा पर्नेछ । उक्त इभेन्टमा स्कोलरसिप, प्रोगाम चयन, विश्वबिद्यालय, क्यानडाको शैक्षिक पद्धती, अध्ययन पश्चात रोजगारीका अवसर र चुनौतीका विषयमा पनि बिद्यार्थी र उनीहरुका अविभावकलाई जानकारी दिइने गोरेटोका सिनियर एडभाइजर राम खड्काले जानकारी दिए ।

क्यानाडा अध्ययन गर्न बिशेषत ५० % प्रतिशत भन्दा माथी एकाडेमी स्कोर, (IELTS) मा 6/6.5 or Eqiv. हुनुपर्ने कुरा कंडेल ले वताएका छन । रेगुलर र ग्याप भएका दुबै बिद्यार्थीहरुले आबेदन दिन सक्नेछन । बैंक ब्यालेन्स ३० देखी ४० लाख, वार्षिक आम्दनी २० देखी २५ लाख सम्म हुनुपर्ने कंडेलले बताए । त्यस्तै अर्को महत्वपूर्ण कुरा क्यानाडामा बिधार्थीहरुले आवेदन दिदा कम्तिमा ६ महिना अगाडि दिदा उपयुक्त हुने कुरा कंडेलले उल्लेख गरे । थप जानकारीको लागी यो लिन्कमा लिक्क गर्न सक्नुहुन्छ ।