ताजा पोस्ट :

आमहड्तालमा ६ महिनाकी सुत्केरी र उनकी आमा माथि खन्याइयो तातो तेल

49400

विराटनगर । आन्दोलनरत नेकपाको प्रचण्ड नेपाल समुह आम हड्तालका क्रममा अराजक बनेका छन् । हड्ताल उ’ल्लं’घन गरेको भन्दै उनीहरुले जनकपुरमा खाजा पसल संचालन गरेका आमा छोरी माथि तातो तेल ख’न्या’इदिएका छन् । शान्तिपूर्ण रुपमा गर्ने भनिएको आमहड्तालका बीच यस्तो घटना भएको हो ।

प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिका–२ मा चियानास्ता पसलमा काम गरिरहेका ती आमा–छोरीमाथि बन्दकर्ताहरुले बन्दको उ’ल्लं’घन गरेको भन्दै उम्लिरहेको तातोतेल ख’न्या’एका हुन् ।

पसलमा समोसा पकाउन उमालिरहेको तेलले आमा छोरी घाइते भएका छन् । पसल सञ्चालक प्रमोद सहनीकी श्रीमती ४० वर्षीया बसन्ती सहनी र उनकी छोरी २२ वर्षीया वविता सहनी घाइते भएको बताइएको छ । पसलमा काम गरिरहेका बेला बन्दकर्ता एक्कासी आएर विवाद सुरु गरेका थिए ।

घाइतेमध्ये बविता ६ महिनाकी सुत्केरी हुन् । पसल बन्द नगरेको भन्दै पूर्वमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा पुगेको आन्दोलनकारीहरुले यस्तो ब्यवहार गरेको प्रमोदले बताएका छन् ।