ताजा पोस्ट :

मिस नेपाल नम्रतालाई युरो किडसको सम्मान

63500

काठमाडौं पुस ३ काठमाडौं युरो स्कुलको प्रि स्कुल युरो किड्स, गोंगबु, बानियाँटारले मिस नेपाल नम्रता श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नम्रता युरो किड्सकी शिक्षिका हुन् । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी र ले एक कार्यक्रमबीच नम्रतालाई प्रशंसा पत्र र नगद २५ हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको   थियो ।                  नम्रताले हासिल गरेको उपलब्धीका लागि उनलाई सम्मान गरिएको युरो किड्सका निर्देशक प्रमोद पाण्डेले जनाएका छन् ।नम्रताले हासिल गरेको उपलब्धीले सिंगो विद्यालय परिवारलाई हर्षितका साथै गौरोवान्वित तुल्याएको छ । पुरस्कार रकम सानै भएपनि सफलताको कदर स्वरुप हामीले नम्रतालाई सम्मान गरेका हौं ।’ निर्देशक पाण्डेले भने । निर्देशक पाण्डले नम्रता एक असल, लगनशील, इमानदार र कर्तब्यनिष्ठ शिक्षिका भएको धारणा व्यक्त गर्दै नम्रताले विद्यालयमा गरेको कार्यको प्रशंसा गरे ।                          नम्रताले युरो किड्समा करिब २ वर्ष सेवा गरेकी थिइन् । सम्मानित भएपछि नम्रताले सम्मानका लागि विद्यालय परिवारलाई धन्यवाद दिदै आगामी दिनमा पनि विद्यालयसंग कुनै न कुनै भूमिका जोडी रहने प्रतिबद्धता जनाइन् ।                                                 मेयर अधिकारीले आफू पनि पहिले शिक्षण पेशमै संलग्न भएको स्मरण गर्दै शिक्षकमा पढाउने अलावा अन्य खुबी पनि हुन्छ भन्ने कुरा नम्रताले प्रमाणित गरेको विचार व्यक्त गरे ।