ताजा पोस्ट :

नुवाकोटकी एक महिलाले एकैपटक जन्माइन् पाँच शिशु

70300

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी एक महिलाले पाँच जना शिशुलाई जन्म दिएकी छिन्। ।

पाँचजना शिशु मध्ये एक जना शिशुको भने अपरेसनअगावै मृत्यु भएको अस्पतालले बताएको छ ।नुवाकोटकी २८ वषीर्य सोमिका तामाङले जन्मएकी ४ जना छोरी भएको र मुतक शिशु भने छोरो भएको अस्पतालकी निर्देशक संगीता मिश्रले जानकारी दिए । उनका अनुसार मुुतक शिशुको तौल ३०० ग्राम मात्र थियो ।

ती शिशु क्रमश १.८, १.९, १.६ किलोग्राम र ८०० ग्रामका रहेका छन ।

अपरेसनअघि भिडिओ एक्सरे गर्दा चार शिशुमात्र देखिएका थिए। एक शिशुको मृत्यु भइसकेका कारण एक्सरेमा पनि नदेखिएको उनले जानकारी दिएका छन । नेपालमा एकैचोटी ५ शिशुको जन्माएको सायद पहिलो घटना हो ।