ताजा पोस्ट :

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने निर्णय

60300

काठमाडौ । प्रदेश ५ को राजधानीको नाम लुम्बिनी र प्रदेश राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । शुक्रवार बसेको प्रदेश सभाको वैठकमा सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रस्ताव पेश गरेका हुन् ।

सत्तारुढ दलका नेता र सांसदबीच सहमति जुट्न नसक्दा प्रदेश ५ को राजधानी र नामका विषयमा टुंगो लाग्न सकेको थिएन । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति भएपछि प्रदेश सभामा सोही अनुसारको प्रस्ताव पेस भएको बुझिएको छ ।

प्रस्ताव पेश भएलगत्तै कांग्रेसका केही सांसदहरुले उठेर असहमति जनाए । राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव माथिको छलफल असोज १९ गतेबाट हुने गरी बैठक स्थगित गरिएको छ । राजधानी हालकै बुटवलमा राख्ने कि दाङ भन्ने विषयमा सत्तारुढ नेकपामा विवाद रहेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको भालुवाङमा राजधानी राख्ने निर्णय भएपछि सरकारले प्रस्ताव अघि बढाएको हो ।

राजधानी र नामाकरणका लागि दुईतिहाई मत चाहिन्छ । सो मत पुरा हुने देखिएको छ ।