ताजा पोस्ट :

यी ९ प्रकारका सेनिटाइजर प्रयोग नगर्नु, स्वास्थ्यलाई गम्भीर हानि गर्छ (सूची सहित)

64900

कोरोना रोकथामका लागि सर्वसाधारणलाई सेनिटाइजरको प्रयोग गर्न भन्दै चिकित्सकले सुझाव दिएका कारण वजारमा सेनिटाइजरको बिक्री र प्रयोग बढेको छ । यहि मौकाको फाइदा उठाउँदै केही उत्पादन कम्पनीले मानव जिवनमै गम्भिर असर गर्ने सेनिटाइजर उत्पादन गरेको पाइएको हो ।

साबुनपानी नभएको अवस्थामा सेनिटाइजर दलेर पनि हातलाई भाइरसरहित बनाउन सकिने सल्लाह चिकित्सकले दिइरहेका छन्। तर सबैका घरमा सेनिटाइजर देख्न सकिन्छ । अहिले हरेकजसो व्यक्तिले सेनिटाइजर प्रयोग गर्ने गरेका कारण यसको विक्रि बढेको हो ।

औषधि व्यवस्था विभागका अनुसार अहिलेसम्मको अनुगमनले बजारमा पाइने ९ किसिमका सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर हानि गर्ने वि षा क्त पदार्थ मिसाइएको पत्ता लागेको हो। ती सेनिटाइजरको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउने वि षा क्त रसायन मिसाइएको पाइएको विभागले जनाएको छ। विभागले सूचना जारी गर्दै त्यस्ता सेनिटाइजर प्रयोग गर्न सूचित गरेको छ ।