ताजा पोस्ट :

राष्ट्रिय नागरिक विकास समाजको सहयोग तारेकश्वर नगरपालिकालाई एम्बुलेन्स

76300

तारकेश्वर, ७ असोज । सामाजिक कार्यमा सक्रिय राष्ट्रिय नागरिक विकास समाजले तारकेश्वर नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नगरपालिकामा आज भएको एक कार्यक्रमका बीच समाजका अध्यक्ष महेशजंग कुवँरले नगरका मेयर रामेश्वर बोहोरलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् । एकवर्षका लागि सम्झौता गरेर संस्थाले नगरपालिकालाई एम्बुलेन्स दिएको हो । नगरले पाएको उक्त एम्बुलेन्स नगर कार्यालयमा रहने र नगर मातहतकै चालकले सञ्चालन गर्ने दुईपक्षबीच सम्झौता भएको छ । आगामी असार मसान्तसम्मका लागि भएको उक्त सम्झौतामा नगरले आफ्नै स्रोतबाट एम्बुलेन्स मर्मतसम्भार, व्यवस्थापन र चालकलाई तलब सुविधा दिने उल्लेख गरिएको छ । समाजले नगरलाई एम्बुलेन्सका अलावा कोभिड न्यूनिकरणका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरेको छ ।

हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष महेशजंग कुँवरले नगरभित्रका बासिन्दालाई सहज रुपमा एम्बुलेन्सको उपलब्धता गराउन एम्बुलेन्स हस्तान्तरण गरिएको बताए । कार्यक्रममा नगरका प्रमुख रामेश्वर बोहोराले एम्बुलेन्स उपलब्ध गराएकोमा संस्थालाई धन्यवाद दिँदै यस कार्यले तारकेश्वर नगरका बासिन्दालाई सुविस्ता हुने विश्वास व्यक्त गरे ।कार्यक्रममा नगरका उपमेयर भवानी डोटेल, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालका साथै चिरायु अस्पतालका अप्रेसन डाइरेक्टर चण्डेश्वर वैद्य लगायत सहभागी भएका थिए ।