ताजा पोस्ट :

वाङ काठमाडौंमा, हिमालय सीमापार, रेलमार्ग मार्फत नेपाल–चीन जोड्ने योजनाहरूको महत्वपूर्ण छलफल

10800

काठमाडौं । चिनियाँ विदेशमन्त्री एवं स्टेट काउन्सिलर वाङ यु तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्नुभएको छ । विदेशमन्त्री वाङ तेश्रो पटक चीनबाट नेपाल भ्रमणमा आउनुभएका उच्चपदस्थ व्यक्ति समेत हुनुहुन्छ ।

विदेशमन्त्री वाङले सोमबार द्वीपक्षीय छलफल गर्नुका साथै विभिन्न आर्थिक साझेदारीका विषयमा सम्झौता हुने परराष्ट्रमन्त्रीको भनाइ छ । यस्तै, भ्रमणले हिमालय सीमापार बहुआयामिक सम्पर्क सञ्जाल र रेलमार्ग मार्फत नेपाल–चीन जोड्ने योजनाहरूको सूचीलाई समेत अघि बढाउने सरकारको तयारी छ ।

महत्वपूर्ण मानिएको यो भ्रमणले चीनसँगको सम्बन्धलाई थप उचाईमा पु¥याउने अपेक्षा गरिएको छ । सम्भवतः विदेशमन्त्री वाङको भ्रमणले सि जिन पिङसँगको भ्रमणलई मुख्यतः बढी सहयोग गर्ने परराष्ट्रविज्ञको दावी छ ।

चिनियाँ विदेशमन्त्री वाङ सन् २०१३ को मार्चदेखि चीनको विदेशमन्त्री हुन् । सन् २०१८ को मार्चमा चीनको स्टेट काउन्सिलरमा चुनिन्भएका वाङ उपप्रधानमन्त्री सरहको उच्च पदमा हुनुहुन्छ । संविधान सभाको दोस्रो निर्वाचनलगत्तै २०७१ पुसमा वाङ पहिलो पटक नेपाल भ्रमणमा आउनुभएको थियो ।

त्यसपछि २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि आयोजना गरिएको पुनर्निर्माण सम्मेलनमा सहभागी हुन उहाँ नेपाल आउनुभएको थियो । त्यसक्रममा उहाँले नेपालको पुनर्निर्माणका लागि ४८ अर्ब सहयोग र राहतको घोषणा गर्नुभएको थियो ।