ताजा पोस्ट :

अब म्यानपावरको संख्या ८ सय ४८ मात्रै, अन्य खारेजी

3800

काठमाडौं । अब देशमा ८ सय ४८ वटा मात्रै म्यानपावर कम्पनी रहने भएका छन् । १५ सयभन्दा बढी म्यानपावर दर्ता भएकामा अब ८ सय ४८ म्यानपावर कम्पनीले मात्रै सरकारले अनुमति दिएको गन्तव्य देशमा कामदार पठाउन पाउने छन् । सरकारले धरौटी रकम बुझाउन दिएको अन्तिम म्याद बुधबारसम्म ८ सय ४८ म्यानपावरले न्यूनतम धरौटी जम्मा गरेका हुन् ।

३ सय ३ वटा म्यानपावर कम्पनी आपसमा गाभिएर एकसय ३१ वटा बनेका छन् । इजाजतपत्र लिएकामध्ये ३ सय ३ वटा म्यानपावर धरौटी बढाउन नसकेकाले खारेजीमा परेका छन्