ताजा पोस्ट :

नुवाकोट पासाङल्हामु राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीको आग्रह

82100

नुवाकोट – वर्षाका कारण पासाङ ल्हामु राजमार्गमा ढुङ्गा खस्ने भएकाले सावधानीपूर्वक यात्रा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले सबै यात्रुलाई आग्रह गरेको छ ।

पासाङ ल्हामु राजमार्गको राम्चे, मूलखर्क, खोपाङको भिर, मैलुङ, स्याफ्रुबेँसीका साथै रसुवागढीसम्मको सडकमा जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामशरण कुमालले सडक ठाउँ–ठाउँमा भत्किएका कारण सवारीसाधन दुर्घटनामा पर्ने खतरा रहेको बताउनुभयो ।