ताजा पोस्ट :

छहरे टोखा सडक खण्ड अबरुद्ध पहिरोमा परेको टिफर निकाल्दै सडक खुलाउने कार्य जारी

111700

 हरि भेटवाल  - शिवपुरी असार २२ नुवाकोट जिल्लामा आवत जावत गर्ने  सडक खण्ड हो छहरे टोखा सडक खण्ड गए राति परेको पनि ले गर्दा यश सडक खण्ड को काठमाडौ टोखा १ झोरमा खोल्सा मा आएको भलले सडक बगाएको छ भने विभिन्न स्थान पहिरो रहेको छ। शिवपुरी गाउँपालिका वडा न ६ गुर्जे प्रहरी चौकि नजिकै   गए राति १ बजे तिर ठूलो पहिरो गएको थियो ।

उक्त पहिरो मा सडकमा नुवाकोट बाट काठमाडौ बालुवा लिएर जादै गरेको बा ५ ख १६७० न टिफर लाई माथि बाट आएको पहिरो को लेदो माटो ले पुरिएको थियो मानवीय क्षेति भने भएको छैन । उक्त टिफर पिताम्बर नेपाल को रहेको सन्जिब अधिकारी ले बताए । अहिले पहिरो हटायर टिफर निकालन नेपाल प्रहरी पहिरो भएको स्थान मा डोजर जेसिबि लगाईरहेका छन। उक्त बाटो भएर काठमाडौ जाने सवारी साधन र यात्रुहरुलाई गुरुङ गाउँमा रोकिएको छ भने काठमाडौ बाट नुवाकोट जाने सवारीसाधन र यात्रुहरु गुर्जे भन्जेङ चेक पोष्टमा रोकिएका छन । अाज दिन भरमा पहिरो हटायर बाटो खुलाउन लागरहेका छन ।तस्बिरहरू हरि भेटवाल,