ताजा पोस्ट :

प्रदेश ३ ले ल्यायो ४७ अर्ब ६० करोड बजेट (पूर्ण विवरण)

23400

हेटौंडा । प्रदेश ३ ले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजारको बजेट विनियोजन गरेको छ।

३ नं प्रदेशका अर्थमन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा पेश गरेको कुल बजेटमा चालु खर्चतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार र पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार बजेट विनियोजन गरिएको छ।

बजेटको स्रोतका लागि राजस्व १५ अर्ब ४९ करोड ४९ लाख, अन्तर सरकारी अनुदानतर्फ १८ अर्ब ६ करोड १३ लाख, अन्य राजस्वतर्फ ७ अर्ब ३० करोड उठ्ने अनुमान गरिएको छ।