ताजा पोस्ट :

साँझपख वर्षा हुने, केही स्थानमा मेघगर्जन र हावाहुरीको सम्भावना ! सचेत रहनु होला

25000

काठमाण्डौ – काठमान्डौ लगायत देशका केहि ठाउहरुमा पानी पर्न शुरु भएको छ । अबको तीन दिन काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी र स्थानीय वायुको प्रभावले देशभरिकै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसारर उपत्यकाका कुनै ठाउँमा पानी परे पनि कुनै ठाउँमा भने पानी नपर्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । यस्तै कुनै ठाउँमा ठूलो पानी परे पनि कुनै ठाउँमा फाट्टफुट्ट मात्र पानी पर्नेछ । दिउँसोभन्दा बेलुकीतिर धेरै पानी पर्ने मौसमविद् बासीको अनुमान छ । पानी परेपछि देशभरि नै लगातार बढेको तापक्रम थोरै भए पनि घटेर केही राहत मिल्नेछ ।