ताजा पोस्ट :

२०७६/०७७ को १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट

27500

सरकारले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट संसदमा प्रस्तुत गरेको अर्थमन्त्री डाक्टर युवराज खड्काले बुधबार संसदको सँयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट पेश गरे । 

यस्तो छ आगामी वर्ष २०७६/०७७ को बजेट (पूर्णपाठ सहित)

संसदमा प्रस्तुत भएको बजेटअनुसार आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख ६२.४ प्रतिशत बजेट विनियोजन गरिएको छ । यस्तै पूँजिगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख करिब २६ प्रतिशत विनियोजन गरिएको छ । यस्तै वित्तियतर्फ १ खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख ११ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

बजेटले खर्चको स्रोतका लागि राजश्वबाट ९ खर्ब ८१ अर्ब १३ करोड ८३ उठाउने अनुमानित लक्ष्य लिएको छ । यस्तै वैदेशिक अनुदान ५७ अर्ब ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य लिइएको छ । 

राजश्व र वैदेशिक अनुदानबाट परिचालन गर्दा पनि ४ खर्ब ९३ अर्ब, ८३ करोड ३० लाख रुपैयाँ अपुग हुने देखिएको छ । अपुग रकमका लागि बजेट वैदेशिक ऋणमाथि निर्भर परेको देखिएको छ । वैदेशिक ऋण २ खर्ब ९८ अर्ब ८३ लाख ३३ लाख लिने बजेटले लक्ष्य लिएको छ । यस्तै आन्तरिक ऋण १ खर्ब ९५ अर्ब लिने बजेटमा उल्लेख गरिएको छ ।