ताजा पोस्ट :

पाँचथरमा ९ जनाको विभत्स हत्या यसरी भयो, १२ वर्षिय वालिकाको यस्तो बयान

35900

पाँचथरको मिक्लाजुङ्मा भएको ९ जनाको हत्याको घटनामा मृतक परिवारकै ज्वाइँको संलग्नता हुन सक्ने आशंका गरिएको छ। मान बहादुरको ससुराली परिवारसँग सम्बन्ध राम्रो थिएन । यही विवादका कारण हत्या भएको हुन सक्ने भन्दै प्रहरीले अनुसन्धानलाई त्यतै तिर केन्द्रित गरेको छ । दुई परिवारको ९ जनाको हत्या गरिएकोमा एक बालिका सीता खजुम भने भागेर बाँच्न सफल भएकी थिइन् ।

सीताले प्रहरीलाई दिएको बयानमा एक जना मात्र नकाबधारी आएको र ढोका खोल्नासाथ आक्रमण गरेको बताएकी थिइन् । उनले प्रहरीलाई आक्रमणकारीको हुलिया समेत बताएकी थिइन् । उनले बताएको हुलिया झुण्डिएको अवस्थामा शव भेटिएका मानबहादुरसँग मिल्छ । मानबहदुरकी श्रीमतीले उनीसँग सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् तर मानबहादुर यसका लागि तयार थिएनन्।

आ फ्नी श्रीमतीलाई ससुराली परिवारले नै सम्बन्धविच्छेदका लागि उक्साएको उनलाई लाग्थ्यो त्यसैले उनी ससुराली परिवारसँग रुष्ट थिए । यही विवादका कारण उनैले हत्या गरेर पछि आफूले पनि आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । ५ जनाको हत्या भएको परिवारमा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बूको हत्या भएको हो ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ । सीता खजुम भागेर बाँच्न सफल भएकी थिइन् । शेर्मा र फियाक नाताले ज्वाइँ–ससुरा हुन्।मृत्यु भएका बमबहादुर फियाकका ज्वाइँ मानबहादुर मोखिमले नरसंहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।