ताजा पोस्ट :

राष्ट्रिय वाणिज्य बैंक सर्वोत्कृष्ट कर्मचारी पुरस्कार बिमल डंगोललाई

29800

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५४ औं वाषिकोत्सबको अवसरमा २०७५ माघ १० गते घोषणा गरिएको आव २०७४÷०७५ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ ।

बैंक संचालक समितिका अध्यक्ष महेन्दमान गुरुङ्गले एक समारोहका बीच पुरस्कार वितरण गरेका हुन् ।सर्वोत्कृष्ठ कार्य सम्पादन गरे वापत सर्वोत्कृष्ठ कर्मचारी पुरस्कार बित्त विभागका विभागीय प्रमुख मुख्य प्रवन्धक बिमल डंगोललाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे बापत अन्य २८ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी पुरस्कार नगद रु २० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

सो अवसरमा सर्वप्रथम हुने शाखा कार्यालय सन्धिखर्क शाखालाई नगद रु ५० हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । सन्धिखर्क शाखाका तर्फबाट शाखा प्रवन्धक गोपालप्रसाद न्यौपानेलाई हस्तान्तरण गरियो ।

त्यसैगरी, अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने १४ वटा शाखा कार्यालयका प्रवन्धकहरुलाई नगद रु १० हजार देखि रु ३० हजार सम्म, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरियो । उत्कृष्ठ कार्य गर्ने पाँच जना शाखा प्रवन्धकहरुलाई पनि पुरस्कृत गरियो । साथै कर्मचारीहरुलाई विषगत प्रशिक्षण समेत प्रदान गरिएको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंक संचलक समितिका सदस्यहरु रवीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, अर्जुनबहादुर अधिकारी, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतहरु केशबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।