प्रदेश नं ३ की उपसभामुख राधिका तामाङ गृहमन्त्री रामबहादुर थापासँग पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुको विषयमा छलफल गर्न गएकी थिइन् र गाईको मासु सेवन गरेको आरोपमा पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुलाई तुरुन्त रिहा गर्न गृहमन्त्री थापा समक्ष माग समेत गरेकी छन् ।तर राधिका तामाङले गृहमन्त्री सँग बोलेको कुरालाई सोसल मिडियामा अतिरञ्जत गरिएको छ । यसरी आफुले नबोलेको कुरालाई कुप्रचार गरेकोमा उपसभामुख राधिकाले गम्भीर आपत्ति जनाएकी छिन् । यो पत्रकारीताको नम्स र धर्म नभएको समेत बताएकी छिन् ।
हेर्नुहोस् राधिका तामाङले गृहमन्त्री बादलसँग के माग गरेकी थिइन्, जस्ताको तस्तै
प्रदेश ३ का उपसभामुख राधिका तामाङ पक्राउ परेका मकवानपुरका ३ जना व्यक्तिहरुहरुको बारेमा जानकारी लिन गृहमन्त्री रामबहादुर थापा समक्ष कहाँ भेटघाटको लागि गएकी थिइन् ।
तामाङ घेदुङले ऐतिहासिक काल देखि गाई गोरुको मासु खाने प्रचलन भएकोले गाई गोरु काटेर खादा जेल हाल्ने जुन ब्याबस्था छ यसलाई परिमार्जन गरि विधिगत हिसाव बाट उनीहरु माथिको अन्याय हटाउनु पर्ने बताएका छन् l
धर्मरिनपेक्ष देशमा हरेक जातिलाई आ–आफ्नो सांस्कृतिक र धर्मिक परम्परा अनुसार कार्य गर्न पाउने संवैधानिक अधिकार भएकोले पक्राउ गर्ने कार्य बन्द गरिनुपर्ने भन्दै उनीहरुले मुल संविधानसँग बाझिने कानुनी ब्यवस्थाको खारेज गरी दिर्घकालिन समधान निकाल्न माग गरेका छन् ।
गृहमन्त्री थापाको निवास पुल्चोकमा तामाङ घेदुङका उपाध्यक्ष कुमार घिसिङ, महासचिव बाबु घिसिङ, घेदुङका प्रमुख सल्लाहकार कुमार योञ्जन, पुर्व राज्यमन्त्री सुर्यमान दोङ र प्रदेश ३ का सांसद ओम ग्लान लगायत ध्यानकर्षण गराउन पुगेका थिए ।
प्रहरीले गाई काटेर खाएको अभियोगमा मकवानपुर पदमपोखरीका कान्छीमाया ब्लोन, मंगलबहादुर ब्लोन र रामबहादुर ब्लोनलाई पक्राउ गरेर मुद्दा चलाएको छ ।