ताजा पोस्ट :

तारकेश्वरमा दोस्रो चरणमा ११७जना आरडिटि परिक्षण सम्पन्न, सबैको नेगेटिभ।

9140

काठमाडौं । तारकेश्वर नगरपालिकामा भएको आरडिटि परिक्षण सम्पन्न भएको छ । धर्मस्थली स्वास्थ्य केन्द्रमा भएको परिक्षणमा बिदेसबाट आएका थप ११७ जनाको परिक्षण भएको थियो । उनिहरु सबैको आरडिटि परिक्षण नेगेटिभ आएको कुरा नगर स्वास्थ्य साखा जर्नादन अधिकारीले बताएका छन् ।

 

 

अहिलेसम्म तारकेश्वर नगरपालिकाभित्र बिदेसबाट आउने २६९ जनाको आरडिटी परिक्षण भइसकेको छ । आज भएको परिक्षण्मा तारकेश्वर वडा नं. १ बाट ३ जना, वडा २ बाट २ जना, वडा ३ बाट ११ जना, वडा ४ बाट ४ जना, वडा ५ बाट १० जना, वडा ६ बाट १३ जना, वडा ७ बाट ६ जना, वडा ८ बाट ४२ जना, वडा ९ बाट ६ जना, वडा १० बाट १० जना, वडा ११ बाट १० जना गरी कुल ११७ जनाले गरेका थिय ।