ताजा पोस्ट :

ढाड  दुख्नु को कारण :

8070

   

हिजोआज लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीका कारण ढाड दुख्ने समस्या सामान्य भएको छ । भागदौडको जीवन, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा बस्ने तथा व्यायाम नगर्ने बानीका कारण पनि पहिले पहिले ५० वर्ष नाघेपछि मात्र देखा पर्ने यस्ता समस्या हिजोआज जसलाई पनि भएको सुनिन्छ ।त्यसो त ढाड दुख्ने समस्या कष्टकर हुनुका साथै असहज पनि हुन्छ । यद्यपि यो समस्या गम्भीर भने हुँदैन ।विशेषज्ञहरूका अनुसार ढाड दुख्ने समस्या ढाडको हड्डी, मांसपेशीको मजबुती, लिगामेन्टले कसरी काम गरिरहेको छ र त्यो एकआपसमा कसरी जोडिएको छ भन्ने कुरामा आधारित हुने गर्छ ।के कारणले दुख्छ ढाड रु दिनभरिको भागदौड तथा धेरै पटक उठबस गर्नाले पनि वयस्कलाई धेरै ढाड दुख्ने गर्दछ । त्यस्तै एकै ठाउँमा बसेर लामो समयसम्म कम्प्युटरको प्रयोग, कम्प्युटरमा बस्दा सही तरिकाले नबस्नु, पटक पटक दायाँ बाँया घुम्ने, निहुरिने, सामान उठाउने, राख्ने, लामो समयसम्म उभिरहने गर्नाले पनि ढाड दुख्ने समस्या तीव्र हुने गर्छ । यस्तो समस्या बालबालिकाको तुलनामा वयष्कहरूमा धेरै हुने गर्छ ।बाल्या तथा किशोरावस्थामा शरीर लचिलो हुन्छ । त्यसैले उनीहरूमा ढाड दुख्ने समस्या वयष्कको तुलनामा विरलै हुने गर्छ । तथापि गर्‍हौँ व्याग उठाउने, गलत तरिकाले सुत्ने, खेल्दा उफ्रँदा चोट लाग्नेजस्ता विभिन्न कारणले गर्दा पनि बालबालिकालाई ढाड दुख्ने समस्या उत्पन्न हुनसक्छ । त्यसबाहेक यी कारणले पनि ढाड दुख्नसक्छस् (मानसिक तनाव (डिप्रेसन वा बेचैनी (गर्भावस्था (लामो समयसम्म एकै ठाउँमा बसेर गर्ने काम (धूमपान, मदिरापान (समयमा नसुत्नु (मोटोपना (अत्यधिक शारीरिक श्रम यी कारणहरूले ढाड दुखेमा विभिन्न उपाय अपनाएर पनि ढाड दुख्ने समस्याबाट बच्न सकिन्छ । ढाड दुख्ने समस्याबाट बच्ने तरिकाव्यायाम आफूलाई फिट राखेर पनि ढाड दुख्ने समस्या लगायतका विभिन्न समस्याबाट बच्न सकिन्छ । नियमित रूपमा शारीरिक कसरत गरेर तथा बसाइलाई व्यवस्थित गरेर पनि ढाड दुख्ने समस्या कम गर्न सकिन्छ । बसाइको सही तरिका ढाड दुख्ने समस्याबाट बच्ने अर्को राम्रो उपाय भनेको आफूले काम गर्ने ठाउँलाई आरामदायी बनाउनु हो । कामको दौरान बेला बेलामा शरीरलाई तन्काउने, शरीरलाई आराम दिलाउने, झुक्दा होस पुर्‍याउने तथा सही आसनमा बस्ने गर्नुपर्छ । स्वस्थ खानपान स्वस्थ खानपानले शरीरलाई अतिरिक्त तौल बढ्नबाट नियन्त्रण गर्ने मात्र हैन, यसले शरीरमा अतिरिक्त दवाव पर्न दिँदैन । सुत्ने तरिका सुत्ने तरिकामा सामान्य बद्लाव ल्याएर पनि ढाड दुख्ने समस्या कम गर्न सकिन्छ । विशेषगरी बेलाबेलामा दायाँबायाँ फर्केर तथा खुट्टाको बीचमा तकिया राखेर पनि ढाड दुख्ने समस्या कम गर्न सकिन्छ । तनावरहित जीवनयापन तनावका कारण पनि ढाड दुख्ने समस्या बढ्ने गर्छ । त्यसैले, योग ध्यान गर्ने, लामो लामो सास लिने गर्नुपर्छ । यसले तनाव त कम हुन्छ नै, दिमाग समेत शान्त रहन्छ । धूमपान त्याग्ने धूमपानले पनि ढाड दुख्ने समस्या बढ्ने गर्छ । धूमपान त्याग्नाले ढाड दुख्ने समस्या कम हुने गर्छ । त्यति मात्र हैन, यसले क्यान्सर, मधुमेह लगायत जीवनशैलीसित सम्बन्धित रोगको जोखिम कम गर्न समेत मद्दत गर्छ । 

From powernews.com