ताजा पोस्ट :

अनुहारको सौन्दर्यका लागि कोरियन ब्यूटी टिप्स यस्ता छन्

4380

कोरियाली महिला संसारमै सुन्दर मानिन्छन् ! अनुहारको सौन्दर्यका लागि कोरियन ब्यूटी टिप्स यस्ता छन् जुन तपाईले घरमै गर्न सक्नुहुन्छ !

 

कोरियाली महिला संसारमै सुन्दर मानिन्छन् । उनीहरू आफ्नो सुन्दरतामा एकदमै सचेत हुन्छन् । साथै, सौन्दर्य बचाइराख्न विभिन्न उपाय अपनाउँछन् । यस कारण उनीहरूको अनुहारको छालामा सधैं चमक रहन्छ । तपाईं पनि कोरियन ब्यूटी टिप्स अपनाई आफ्नो अनुहार सुन्दर र चम्किलो बनाउन सक्नुहुन्छ :

तातो टावेलबाट मसाज

कोरियन केटीहरू आफ्नो सुन्दरता बढाउन तातो टावेलको मसाज लिन धेरै रुचाउँछन् । यसका लागि शुरूमा तातो टावेलले अनुहार ढाकिन्छ र यसको माथिबाटै अनुहारको मसाज गरिन्छ । १५ मिनेटपछि अनुहारबाट टाबेल हटाइन्छ । यसबाट अनुहारको रक्तसञ्चार बढ्नुका साथै सौन्दर्यमा पनि निखार आउँछ ।

पुरुषको सेभिङ फोमको प्रयोग कोरियन महिलाहरू अनुहारको डण्डीफोर हटाउन पुरुषको सेभिङ फोम प्रयोग गर्छन् । यसका लागि उक्त फोमले ५ देखि १० मिनेटसम्म अनुहार सफा गरिन्छ । यसरी हप्तामा एक वा दुईपटक अनुहार सफा गर्दा अनुहारको डण्डीफोर हटाउन सकिन्छ ।

नूनबाट बनेको टनिकको प्रयोग अनुहारको चमक बढाउन नूनबाट बनेको टनिकको प्रयोग गर्ने चलन कोरियामा लोकप्रिय छ । एक चम्चा नूनलाई एक गिलास पानीमा मिसाएर यस्तो टनिक बनाइन्छ । सफा पानीले अनुहारको फोहोर सफा गरिसकेपछि मात्र यसको प्रयोग गरिन्छ । तर धूवाँ, धूलो, प्रदूषणका कारण सुन्दरता हराएको छालामा भने यसको प्रयोग गर्नु हुँदैन ।

कागतीको जूसको प्रयोग

कोरियन युवतीहरू अनुहारका साथै शरीरका अन्य भागमा पनि कागतीको जूस प्रयोग गर्छन् । कागतीको जूसले छालाको सफाइ गर्दा चमक बढ्छ । यसको प्रयोगले डण्डीफोर हटाउन पनि सघाउँछ ।

दुईपटक अनुहारको सफाइ

कोरियनहरू दिनमा दुईपटक आफ्नो अनुहार सफा गर्छन् । सबैभन्दा पहिले उनीहरू आफ्नो अनुहारबाट मेकअप हटाउँछन् । त्यसपछि सफा पानीले अनुहार सफा गर्छन् ।

स्टेप १ : एउटा आयल–बेष्ड क्लिञ्जरको प्रयोग गरेर आफ्नो अनुहारको पूरै मेकअप (जस्तैः काजल, आइलाइनर वा लिपिष्टिक) हटाउनुपर्छ । आयलले अनुहारको कडा दाग हटाउन सहयोग पुर्‍याउँछ । यो तरीकाले खासगरी आँखाको वरपर कालो हुने समस्या कम गर्छ । यदि तपाईंको छाला चिल्लो छ भने मेकअप हटाउन आयलको सट्टा मेकअप रिमुभर प्रयोग गर्न सक्नुहुन्छ ।

स्टेप २ : एउटा सामान्य फेसियल क्लिञ्जर वा फेसवाशको प्रयोग गरेर अनुहार चम्किलो बनाउन सकिन्छ ।

चिप्ले कीरा

कोरियन महिलाहरू चिप्ले कीरा तथा यसको एक्सट्र्याक्ट प्रयोग गरी आफ्नो छालामा निखार ल्याउँछन् । वैज्ञानिक रूपले पनि यसको फाइदा प्रमाणित भएको छ । साथै, धेरै फेस क्रिममा पनि यो महत्त्वपूर्ण तत्त्वका रूपमा रहने गरेको छ । यसले छालाको चमक बढाउनुका साथै यसलाई कसिलो बनाउन मद्दत गर्छ । यसमा रहेको ह्यालरानिक एसिड, ग्लाइकाप्रोटिन एञ्जाइम्स, प्रोटियोग्ल्याकेन्स, माइक्रोबिअल, कपर पेप्टिडेसलगायत एण्टी ब्याक्टेरियल तत्त्वले रक्तसञ्चार बढाएर छालालाई कसिलो र सुन्दर बनाउँछ ।

स्लिपिङ मास्क अल्कोहल फ्री तथा कडा केमिकल नभएका ब्यूटी प्रडक्टको प्रयोग कोरियन महिलाहरू मन पराँउछन् । त्यसैले, उनीहरू अनुहारको सफाइका लागि पानीको प्रयोग गर्छन् । पानीले शरीर स्वस्थ राख्नुका साथै छालाको सुन्दरता बढाउँछ । कोरियन महिलाहरू आयुर्वेदिक फेस प्याक तथा मास्क लगाउन मन पराउने भएकाले यसलाई साथमै राख्छन् । उनीहरू पानी पिउन मात्रै नभई यसलाई एउटा पूरै रात हाइड्रेटिङ मास्कको रूपमा पनि प्रयोग गर्छन् । मिनिरल वाटरबाट बनाइने तथा जेलीजस्तो देखिने स्लिपिङ मास्कले अनुहारमा मिनिरल्स रोकेर चमक बढाउँछ । सुत्नुअघि यसलाई अनुहारमा लगाएर अर्को दिन निकाल्न सकिन्छ ।

हाइड्रेशन, स्वस्थ खाना तथा आरामदायी निद्रा

कोरियन महिलाहरू राम्रो छालाका लागि पानीलाई आफ्नो साथी मान्छन् । उनीहरू सफा, स्वच्छ र सन्तुलित खानपान गर्छन् । सोडियम तत्त्व खानामा नहोस् भनेर पूरै ध्यान दिन्छन् । हरेक समय शरीरमा पानीको मात्रा सन्तुलित बनाइराख्ने प्रयास गर्छन् । साथै, उनीहरू आफ्नो आवश्यकताअनुसारको निद्रा सधैं पूरा गर्छन् ।

टोनिङ गर्ने तरीका कोरियन महिलाहरू टोनरलाई आफ्ना औंलाले च्यापेर लगाउँछन् । यसो गर्दा छालाले टोनरलाई छिट्टै सोस्छ ।

फेसियल मसाज कोरियन महिलाहरू अनुहारको मसाज गर्ने समयमा ‘मा मे मी मो मू’ कोरियन मन्त्र १० पटक जप गर्छन् । यस्तै, अनुहारको मांसपेशीमा थिचेर मसाज गर्नुका साथै गहिरो श्वास लिने गर्छन् । यसबाट अनुहारको कसिलोपना हराउन पाउँदैन ।