ताजा पोस्ट :

वुद्धिजीवी परिषद्को सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै

4280

काठमाडाैँ । नेपाल वुद्धिजीवी परिषद्को १०औँ राष्ट्रिय महाधिवेशन यही चैत २० गतेबाट काठमाडौँमा सुरु हुँदैछ । सम्मेलनबारे आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिषद्का अध्यक्ष डा दिनेशचन्द्र देवकोटाका अनुसार महाधिवेशनमा भाग लिनका लागि देशभरिबाट प्रतिनिधि काठमाडौँ आउन थालेका छन् ।

महाधिवेशनमा देशभरिका ४०० जना प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनमा समृद्धिका लागि वुद्धिजीवी विचार गोष्ठीसमेत हुनेछ । अध्यक्ष डा देवकोटाले परिषद्ले नेपालका ठूलाठूला परियोजनाको अध्ययन अनुसन्धान गरी पार्टी तथा सरकारलाई सुझाव दिने गरेको बताउनुभयो । तीन दिनसम्म सम्मेलनले १७ पदाधिकारीसहित १५१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

उहाँले परिषद्मा योग्य, दक्ष र क्षमतावान् व्यक्ति भए पनि पार्टी र सरकारले त्यसको उपयोग गर्न नसकेको बताउनुभयो । परिषद्को देशभरिका ७७ जिल्लामा शाखा रहेका छन् ।