ताजा पोस्ट :

तारकेश्वर प्यावसनको आयोजनामा चित्रकला कार्यक्रम सम्पन्न, स्रिजना ज्ञान सागर, हिम रश्मी र कौशलले पायो मेडल

2610

-सुशान्त न्यौपाने

काठमाडौं । तारकेश्वर नगर प्याव्सनले इसिए आन्तर्गत आज चित्रकला प्रतियोगिता गरेको छ । नगर प्याव्सनमा आवद्ध २८ विद्यालयले चित्रकला प्रतियोगितामा सहभागिता जनाएका थिए । चित्रकला कार्यक्रमको संयोजक गोलढुंगा अक्रिड एकेडेमी रहेको थियो ।

आजको चित्रकला कार्यक्रममा नगर शिक्षा अधिकारी होमनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा बिजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठ, प्यावसन तारकेश्वर नगर कमिटि अध्यक्ष धनबहादुर पुन, उपाध्यक्ष तथा इसिए प्रमुख गोपाल वुढाथोकी, सचिव नवराज न्यौपाने, सहसचिव कमल ज्ञवाली लगायत प्यावसनमा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । आजको कार्यक्रममा प्यावसन सचिव नवराज न्यौपानेले कार्यक्रम सञ्चालन गरेका थिए भने धनबहादुर पुनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

चित्रकला प्रतियोगितामा एउटा विद्यालयका ४ जना विद्यार्थीले भाग लिएका थिए । जसमा कक्षा १ देखि ५ सम्म १ जना छात्र र १ जना छात्रा थिए भने कक्षा ६ देखि ९ सम्मको १ जना छात्र र १ जना छात्रा सहभागि थिए । २८ विद्यालयबाट १०० भन्दा बढि विद्यार्थीहरुले चित्रकलामा सहभागि भएका थिए । आजको चित्रकला कार्यक्रममा दुई जनाको निर्णायकमण्डलले बिजेता विद्यार्थीहरु घोषणा गरेका थिए । निर्णायकमण्डलमा तारकेश्वरभन्दा बाहिरका पपबहादुर थापा र सुजन तामाङ रहेका थिए । निर्णायकमण्डलले छनौट गरेका बिजेता विद्यार्थीहरुलाई आयोजक र प्रमुख अतिथिको हातबाट मेडल र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । सहभागि विद्यालयका विद्यार्थीहरुलाई पनि प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै बिजेताहरुमा श्रृजना ज्ञानसागर स्कुलका सृजन दाहालले प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै हिम रश्मी हाई स्कुलका छात्रा निरु तामाङले दोस्रो स्थान हासिल गरेकी थिइन । त्यस्तै कौशल स्कुलका छात्रा सरगम लामाले तेस्रो स्थान हासिल गरेकी थिइन । प्रथम, द्धितिय र तृतिय हुने विद्यार्थी र विद्यालयलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा शान्तवना पुरस्कार पाउनेहरुमा तेजस्वी स्कुलका रञ्जीत श्रेष्ठ र रोजमेरी आइडल स्कुलका सुगम घलेले प्राप्त गरेका छन् । त्यस्तै सिनियर तर्फको प्रथममा न्यू इरा स्कुलका किम्जल डंगोलले जित हात पारेका छन् । दोस्रोमा स्प्रिङ भ्याली एकेडेमीका जुनतारा घलले जित हासिल गरेका छन् । त्यस्तै सिनियर तर्फको तेस्रो स्थान हासिल गर्नेमा दिपशिखा हाइ स्कुलका शशी खड्का, लालीगुराँस विद्याकुञ्जका रिजनमान मलेपती र काठमाडौं शिक्षालयका राज तामाङ रहेका छन् ।

कार्यक्रममा एन्जल हार्ट माध्यमिक विद्यालय, चिल्ड्रेन हेराल्ड एकेडेमी, एभरेस्ट किड्स, गिनिज पव्लिक स्कुल, गुरुकुल हाइ स्कुल, इमेज एकेडेमी, काठमाडौं लिंकन स्कुल, काठमाडौं शिक्षालय, कौशल इङलीस सेकेण्डरी स्कुल, किण्डर गार्डेन, लालीगुरास नेशनल एकेडेमी, लालीगुराँस विद्याकुञ्ज, ल्याण्डमार्क एकेडेमी, माउण्ट लार्के स्कुल, न्यू इरा एकेडेमी, नर्थ पोल स्कुल, नर्थ स्टार इङलीस स्कुल, रोजमेरी आइडल स्कुल, शुभकामना इङलीस बोडिङ स्कुल, सिद्धार्थ मोडल सेकेण्डरी स्कुल, स्प्रिङ भ्याली सेकेण्डरी स्कुल, तेजस्वी एकेडेमी, युनाइटेड स्कुलर्स एकेडेमी, दिपशिखा हाइ स्कुल, सेक्रेड हार्ट सेकेण्डरी स्कुल लगायतका विद्यालयले भाग लिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि होमनाथ न्यौपानले चित्रकलामा सहभागी विद्यार्थीहरुलाई वधाई दिनुभयो । पढाई सँगसँगै बालबालिकाहरुको बानी व्यवहारलाई राम्रो बनाउन आवश्यक छ । त्यस्तै कार्यक्रमका विशेष अतिथि वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठले चित्रकला कार्यक्रम निरन्तर गरेर विद्यार्थीहरुमा भएको क्षमता बाहिर ल्याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निर्णायक मण्डलको पपबहादुर थापाले प्यावसनले गरेको चित्रकला कार्यक्रमलाई अझै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो । यो कार्यक्रमका लागि कार्यक्रम मात्र भयो । विद्यार्थीहरुले कोरेका चित्रहरुलाई सुरक्षित राख्न पेपर र कलरहरुको व्यवस्थापन राम्रो नभएको बताउनुभयो । विद्यार्थीहरुले बनाएका आर्टहरुलाई जोगाएर राख्नु महत्वपूर्ण कार्य भएको बताउनुभयो । विद्यार्थीलाई एउटा विषयमा केन्द्य्रीत गरेर आर्ट बनाउन लगाउनु हुँदैन । उसको चाहनामा बनाउन दिनु आवश्यक छ । बिदेसमा एउटा चित्रको ३५–४० हजार डलरमा बिक्री समेत हुने गरेको छ । त्यस्तै अर्का निर्णायक सुजन तामाङले विद्यार्थीहरुले बनाएका उत्कृष्ट चित्रहरुलाई अमेरिकामा हुने मेलामा लगेर राखिने बताउनुभयो । बेलामा बिक्री भएको खण्डमा सो चित्रबाट आएको रकम विद्यार्थीका अभिभावकलाई बोलाएर दिने बताउनुभयो ।

प्यावसनले प्रत्येक महिना ईसिए र सिसिएका कार्यक्रमहरु गर्दै आइरहेको छ । अझै दुईओटा कार्यक्रमहरु शुरु हुँदैछ । ब्याडमिन्टन प्रतियोगिता र स्पीलिङ कन्ट्रेक्स कार्यक्रम गर्ने तयारीमा लागेको कार्यक्रम सञ्चालक नवराज न्यौपानेले बताउनुभयो । तारकेश्वरमा ८२ ओटा विद्यालयहरुमध्ये ५१ विद्यालय प्यावसनमा आवद्ध भएका छन् । कार्यक्रमका सभापती धन पुनले प्यावसन तारकेश्वरले ५१ ओटा विद्यालयका क्षमता र विकासको लागि लागिपरेको छ ।

तारकेश्वरभित्रका प्यावसनमा आवद्ध भएका विद्यालयका विद्यार्थीहरु सबै क्षेत्रमा कम्पीटिसन गर्न सक्षम छन् । तारकेश्वर प्यावसनले ईसिए–सिसिएका साथै परिक्षा समिति, प्यावसन तारकेश्वर कल्याणकारी कोष स्थापना, अनुशासन विभाग, शिक्षक–कर्मचारीलाई आवश्यक तालिम जस्ता कार्यक्रमहरु गर्दै आइरहेको छ ।

कार्यक्रममा अतिथिहरु र सहभागि विद्यालयका विद्यार्थीहरुलाई प्यावसनका उपाध्यक्ष गोपाल वुढाथोकीले धन्यवाद प्रकट गर्नुभयो ।