ताजा पोस्ट :

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महादिवेशन उदघाटनमा यस्तो देखियो : ओली र प्रचण्डबीच पहिलोपटक कुराकानी

2830

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कुराकानी भएको छ ।नेकपा माओवादी केन्द्रको सुरु भएको महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको हो । ओलीलाई प्रचण्डले आफूहरुको महाधिवेशनमा सहभागी हुन निम्तो गर्नका लागि आइतबार विहान फोन गरेको जानकारी दिएका छन् ।

‘मैले उहाँलाई फोत गरेको थिएँ’ प्रचण्डले भने, ‘झापमा हुनुहुँदो रहेछ । काठमाडौंमा भए आइहाल्थे भनेर भन्नु ‍भयो । सम्मेलनमा कोही अरु नेता नबोलाउने भनेर म आइहाले भन्नु भयो, महासचिवलाई पठाउछु भन्नुभयो । महासचिवको रुपमा उहाँले जे राख्नुभयो त्यो मनन गर्न योग्य छ।’

तत्कालीन नेकपा विभाजित भएपछि ओली र प्रचण्डबीच कुराकानी हुन सकेको थिएन ।

देउवाले भने : माओवादी अध्यक्षमा प्रचण्डलाई नै देख्छु !

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रको अध्यक्षमा आफूले प्रचण्डलाई नै देखेको बताएका छन् ।आइतबारबाट सुरु माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री देउवाले माओवादीले कसलाई नेता बनाउने थाहा नभए पनि आफूले प्रचण्डलाई नै देखेको भन्दै उनले शुभकामना दिए ।