ताजा पोस्ट :

ब्लड डोनर्स एसोसिएसन नेपाल तारकेश्वर नगर समितिको चियापान कार्यक्रम सम्पन्न

3030

काठमाडौं । तारकेश्वरमा आज ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) तारकेश्वर नगर समितिको चियापान कार्यक्रम सम्पन्न भएको छ । पूर्व शहरि विकास राज्य मन्त्री रामविर मानन्धरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशिष्ट अतिथिहरुमा तारकेश्वर नगर प्रमुख रामेश्वर बोहोरा, ब्लोदान केन्द्रका अध्यक्ष इ. सानुवावु प्रजापतिको उपस्थिति रहेको थियो । त्यस्तै अतिथिहरुमा तारकेश्वरका वडाअध्यक्षहरु र आवद्ध भएका संघ/संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आजको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा ३ जना व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जसमा तारकेश्वरका प्रथम रक्तदाता रामप्रसाद श्रेष्ठ जितपुरे, त्यस्तै तारकेश्वर ब्लोदानका संस्थापक अध्यक्ष कुमार बोगटी र जय इन्द्रायणी साकोसलाई प्रमुख अतिथिबाट सम्मान पत्र दिएर सम्मान गरिएको थियो । त्यस्तै कार्यक्रममा तारकेश्वरका ११ ओटाका वडा समिति प्रमुखहरुलाई वडा संयोजकको जिम्मेवारीको प्रमाणपत्र वितरण गरिएको थियो । तारकेश्वरमा ब्लोदानको प्रत्येक ५ जनाको वडा कमिटि निर्माण भइसकेको कुरा तारकेश्वर नगर ब्लोदानका अध्यक्ष केदार अधिकारीले बताउनुभयो ।

आगामी दिनमा तारकेश्वरमा रगतको अभाव हुन् नदिन ब्लोदानले विभिन्न संघ/संस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य लिएको छ । तारकेश्वरबासीलाई रगत उपलब्ध गराउन ब्लोदान तारकेश्वर लागिरहेको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामविर मानन्धरले नगरबासीले रगतको अभाव भएमा तत्काल रगत समस्या हल गर्नका लागि तारकेश्वर ब्लोदानले एउटा एप्स निर्माण गरेर अगाडी बढ्न सुझाव दिनुभएको थियो । मानन्धरले नेपालमा कतैपनि यस्तो कार्य नभएकाले तारकेश्वर बाट नै सुरु गर्नुपर्ने बताए । त्यसका लागि आवश्यक बजेटका लागि पहलकदमी गर्न आफु तयार रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रामेश्वर बोहोराले तारकेश्वर आफु निर्वार्चित भइसकेपछि काठमाडौंका अन्य नगरपालिकाहरुमा नभएको काम स्वास्थ्य क्षेत्रमा आफुले गरेको बताए । उनले आयुर्वेद अस्पताल निर्माण, किड्नी प्रत्यारोपण केन्द्र स्थापना, जर्मन सरकारको सहयोगमा अत्याधुनिक प्रसुति सेवा स्थापनाको कार्य अगाडी बढ ेको बताउनुभयो । नगरबासीमा रगतको अभाव हुन नदिन विभिन्न समयमा नगरपालिकाले संघ/संस्थाहरुको सहयोगमा रक्तदान कार्यक्रम गरिरहेको बताए ।

त्यस्तै कार्यक्रममा ब्लोदानका केन्द्रीय अध्यक्ष इ. सानुवावु प्रजापतिले काठमाडौंका २ ओटा नगरमा मात्र ब्लोदनको समिति गठन गर्न बाँकी रहेको बताउनुभयो । कार्यक्रममा तारकेश्वर १, २ र ८ का वडाअध्यक्षहरुले शुभकामना मन्तव्य दिनुभएको थियो । केदार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमलाई कविन्द्र रिमालले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य रामलाल महर्जनले दिनुभएको थियो ।