ताजा पोस्ट :

एकीकृत समाजवादी नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

3810

काठमाडौं । एकीकृत समाजवादी नुवाकोट-काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम काठमाडौंको नेपालटारस्थित एबि पार्टी प्यालेसमा शनिबार सम्पन्न भएको हो।

कार्यक्रममा एकीकृत समाजवादीका नुवाकोट संयोजक गोबिन्द नेपाली, पूर्व सांसद एवं पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनी, नुवाकोट जिल्ला पार्टी सचिवालय सदस्य शान्ता अधिकारी, प्रदेश कमिटी सदस्य अच्युत पाण्डे, सुर्य कडेल, नेता केपी लामिछाने , केन्द्रिय सदस्य तथा केन्द्रिय सम्पर्क इन्चार्ज लगायतको प्रमुख उपस्थिती रहेको थियो।

नुवाकोट स्थायी घर भइ काठमाडौमा रहेका पार्टीमा आस्थाकम उल्लेख्य नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।