ताजा पोस्ट :

काङ्ग्रेस नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको शुभकामना आदानप्रदान कार्यक्रम

3840

काठमाडौं । नेपाली काङ्ग्रेस काठमाडौं नुवाकोट सम्पर्क मञ्चको चियापान तथा तिहार छठ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

काङ्ग्रेस नेता तथा पूर्व अर्थमन्त्री रामशरण महत निवास काठमाडौंको बासबारीमा भएको नेताकार्यकर्ताको भेटघाट तथा चियापान कार्यक्रममा काङ्ग्रेस नेता प्रकाशशरण महत,बहादुरसिंह लामा, नेता रमेश महत, जिल्ला समन्वय समिति नुवाकोटका सन्तमान तामाङ, पूर्व सांसद महेन्द्र थिङ लगायत काङ्ग्रेस नेताहरुको सहभागिता रहेको थियोे।

पछिल्लो समय नुवाकोटमा आउदो चुनावको लागि आफ्नो छुट्टै वर्चस्व खडा भैसकेको दावी गर्दै आएको काङ्ग्रेस नेता कार्यकर्ताको यस भेलाले सो कुराको पुष्टि भएको नेताहरु बताउँछन् ।