ताजा पोस्ट :

एमाले तारकेश्वर ८ को वडा अधिवेसन : अध्यक्षमा मोहन खत्री , सचिवमा कमला शिल्वाल

3580

तारकेश्वर काठमाडौ । नेकपा एमाले तारकेश्वर नगरपालिका वार्ड न ८ को वडा अधिवेसन सम्पन्न भएको छ । उक्त अधिवेसनको उद्घाटन सो पार्टीका केन्द्रीय अध्यक्ष के पी शर्मा ओलीले भर्चुअल मिटिङवाट गर्नुभएको थियो भने अतिथिकोरुपमा जि क सदस्य भाष्कर लेकाली, नगर कमिटि अध्यक्ष बासु गौतम, जिल्ला कमिटि सदस्य तथा क्षेत्रीय अध्यक्ष विश्वनाथ लामिछाने, ता न पाका मेयर रामेश्वर बोहरा तथा पार्टी इन्चार्ज बिदुर अर्याल, नगर कमिटि सदस्य दिपक थापा, ८ न वार्डका वार्ड अध्यक्ष मनोजकुमार घिमिरे, सदस्य शुसिला श्रेस्ठ, तथा अर्का सदस्य भद्रशिला रसाइलीको उपस्थित थियो ।

उक्त अधिबेशनमा ता न पा वार्ड न ८ का वार्ड सदस्य मोहन खत्रीको अध्यक्षतामा ३१ सदस्यीय वडा कार्य समिति सर्व सम्मत ढङ्गबाट चयन गरिएको छ। उक्त कार्य समितिमा भिमबहादुर तामाङ उपाध्यक्ष, कमला शिल्वाल , सचिब, कृष्णबहादुर पन्थ तथा दिपा अधिकारी उपसचिबलगाएत अन्य सदस्यहरु गरी जम्मा ३१ सदस्सीय वडा कार्य समिति चयन गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले शुभकामना मन्तब्यको क्रममा उक्त कमिटिको आगामी दिनमा सफलताको कामना गर्दै धन्यबाद ज्ञापन गर्नुभयो ।

त्यस्तै वक्तब्यकै क्रममा तारकेश्वर न पा ८ का वार्ड अध्यक्ष मनोजकुमार घिमिरेले देशैभरी आज हुन गैरहेको वार्ड अधिबेशनको औचित्य र अवको नेकपा एमालेको कार्यदिसाबारे प्रष्ट पार्नुभयो ।

आगामी महाधिबेशनको तयारीस्वरुप भर्खरै बिधान महाधिबेशन सम्पन्न गरेको नेकपा एमालेले आज देशैभरी वार्डस्तरीय अधिबेशन एकैपटक सम्पन्न गरेको हो ।

हेर्नुहोस वडा कमिटिको नामावली :