ताजा पोस्ट :

खड्ग बहादुर श्रेष्ठ को जीबन संघर्ष (कोभिडसँगको लडाई ) ३७ बर्षको सरकारी सेवाको इति बृतान्त

4490

- सबु बस्नेत

काठमाण्डौँ - खड्ग बहादुर श्रेष्ठको जन्म बुढानिलकण्ठ नगरपालिका वडा नं ४ पासिकोट मा मिती २०२२ साल असोज  २२ गते  मा भएको थियो । सरकारी सेवामा मिति २०४० देखी प्रबेश गरी कुल ३७ बर्ष उहाँले यस क्षेत्रमा विताईसक्नु भएको छ ।  करिब २३ बर्ष हुलाक सेबा अन्तरतका कार्यालयहरुमा, २ बर्ष यातायात कार्यालयमा केहि समय स्थानिय बिकास मन्त्रालयमा र बाकी अबधि गृह मन्त्रालय अन्तरगतका कार्यलयहरुमा काम गरेको श्रेष्ठका सरकारी क्षेत्रमा लामो अनुभव छ । २०४८ सालमा कर्मचारी आन्दोलनमा सहभागि भए बापत २८ दिन प्रहरी हिरासतमा बस्नु परेको र त्यसबाट सरकारी कामबाट  निलम्वन गरेको नमिठो घटना उहासँग आज पनी ताजै रहेको छ ।  

162906593_4354145744614012_957360990442650669_n.jpg

तत्कालिन नेपाली कांग्रेसको सरकारले संखुवासभा जिल्ला हुलाकमा सजाय स्वरुप उहाँलाई सरुवा गरेको थियो । करिब छ बर्ष लागु औषध नियन्त्रण कार्यक्रममा कार्यरत रहदा हजारौ बिद्यालयमा गैह्र सरकारी संस्था संगको सहकार्यमा लागु औषध दुर्बेसनी बिरुद्द चेतनामुलक कार्यक्रममा प्रशिक्षण गर्ने अबसर मिलेको खड्ग बहादुर श्रेष्ठलाई देश भित्रका सबै जसो लागु औषध उपचार तथा पुन स्थापना केन्द्रमा अनुगमनका लागि  जाने अबसर समेत मिलेको थियो ।  

उहाँले गृह मन्त्रालयमा लागु औषधी प्रयोगकर्ताहरुको लागि आबस्यक पर्ने परामर्श दाता सम्बन्धी तालिम चिनबाट लिनु भएको थियो । साथै नेपालमै कोलम्वो प्लान अन्तर्गत परामर्श दाता तालिम हासिल गरि उक्त कार्यमा प्रशिक्षण तथा परामर्श दिन समेत उहाँ सक्षम हुनुहुन्छ ।   करिब २ बर्ष जिल्ला प्रशासन कार्यालयमा कार्यरत रहदा उहाको स्वास्थ्य अवस्थामा अलि अलि समस्या आए पनी कार्यालयले तोकेको दैनिक जिम्मेबारीका साथै बिभिन्न अनुगमन कार्यमा रात दिन  खटीइ सेबा प्रदान गर्ने श्रेष्ठ आफ्नो काम प्रति निकै नै कर्मनिष्ठ कर्मचारी थिए । 

201464821_233481258275464_1102689163593391589_n.jpg

उहाँले आफ्नो कार्यकालमा विभिन्न ठाउँमा गई अनुगमन मात्र गर्नु भएन साथमा धेरैलाई सुमार्गको बाटो पनी सिकाउनु भयो । उहाँले २०७५ सालमा चन्द्रागिरी नगरपालिका स्थित सतुङ्गलमा रहेको एक गोदाममा १३ ट्रिपर म्याद नाघेका तथा पुन म्याद थपेर बजारमा जान लागेका  बिभीन्न ब्राण्डका चकलेटहरु बरामद गरि नष्ट गर्नुका साथै कार्बाहिको लागि समेत वाहाले सिफारिस गर्नुभएको थियो ।

त्यस्तै मिति २०७६।११।१२ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले काठमाण्डौँ महानगरपालीका वडा नं. १०, २९ र ३१ मा रहेका केहि सरकारी जग्गाहरुको बारेमा अध्यन गरि प्रतिबेदन पेश गर्न खड्ग बहादुर श्रेष्ठको संयोजकत्वमा बनेको टोलीले १ महिना भित्रै प्रतिबेदन पेश गरी सरकारलाई बुझाएको र त्यस पश्चात सरकारले उक्त जमिन फिर्ता लिन सफल पनि  भएको छ । 

144323125_118492990167943_2290028873230307776_n.jpg विश्वभर फैलिएको ९कोभिड–१९ को संक्रमण नेपालमा पनि ब्यापक रुपमा फैलिएको बेलामा बजारमा माक्स,थर्मलगन जस्ता स्वास्थय सामाग्रि कालाबजारीहरुले लुकाएको अबस्थामा सकृय रुपमा अनुगमनमा श्रेष्ठ खटिउका थिए ।  त्यस बेला खटेर गरिएका कार्यले अहिले सफल भएको बतउँदै हाल त्यस्ता सामाग्री सर्बसुलभ रुपमा बिक्रि बितरण भैरहेको उहाँ बताउनुहुन्छ । 

जिल्ला प्रशासन कार्यालयबाट अत्याबस्यक कार्यको लागि बितरण भएको सबारीपास दुरुपयोग भएको गुनासोको आधारमा कार्यालयको आदेशानुसार रातको समयमा थानकोट नाकामा पुगि त्यस्ता पास खोसि सबारीलाइ कार्बाहीको लागि जिम्मा समेत श्रेष्ठले लगाएका छन् । यस प्रकार लकडाउनको बेला होस वा अन्य बेला कार्यालयको आदेश पाउना साथ तुरुन्त सम्बन्धित टोलीहरुका सदस्यहरुलाइ संयोजन गर्दै खाने पानि,ग्याँस,पेट्रोल खाद्यान्न,तरकारी बजार,मासु पसल,निर्माण सामाग्री, मिठाइ पसल लगायत जनताको दैनिक आबस्यकताका सामाग्रीहरुको अनुगमन गर्न पुगि हाल्ने श्रेष्ठको स्वभाव थियो । 

सेबा गर्दाको अबिस्मरणिय क्षणः सम्झदै श्रेष्ठ कैयो लागु औषध प्रयोगकर्ताहरुको परिवारलाई उचित सल्लाह प्रदान गरि सुधार गर्न सहयोय पुग्दा ज्यादै खुसि लाग्ने  श्रेष्ठ बताउनु हुन्छ । । जिल्ला प्रशासनमा आएका कैयौ दुखि तथा ब्यसहाराहरुको लागि सक्दो सहयोग गर्दा उहाहरुको मुख हसिलो पाउदा  उहाँलाई ज्यादै खुशी लाग्थ्यो । । त्यतीमात्र हैन उहाा सेबा गर्दाको दुख लाग्दा क्षणः सम्झदै कैयो युवाहरु लागु पदार्थ रक्सि गाँजा तथा अन्य औषधि जन्य लागु पदार्थको कुलतमा लागी घर परिवार क्षत बिक्षप्त पार्दै मृत्युबरण समेत गरेको देख्दालाई  सम्हाल्न नसकिने समेत उहाँ बताउनु हुन्छ । 

लकडाउनको समयमा नयाँ बजार स्थित एक किराणा पसलमा म्याद नाघेका र बढि मुल्य लेखेर खाद्य सामाग्री बितरण गर्ने पसलमा छापा मार्दा पसलेलेनै उग्र भिड जम्मा गरि गाडिमा ढुंगामुढा गर्दा भाग्नु परेको,टोलीका अन्य सदस्यलाइ सुरक्षा कर्मिको सहारामा उद्दार गर्नु परेको क्षण सम्झेर उहाँ भाबुक बन्नु भयो । जे होस मैले जिल्ला प्रशासनमा बस्दा काम गर्नको लागि पायको अबसर जस्ता सुकै हुन सबैको सहयोगमा सहजरुपमा सम्पन्न गर्न सकेकोमा म सबै प्रति आभार प्रकट गर्दै बाकी समय पनि सेवामानै लाग्ने बताउनु हुन्छ खड्ग बहादुर श्रेष्ठ । 

report.00_13_00_11.Still008.jpg

३७ वर्षको सरकारी क्षेत्रमा अनवरत रुपमा खटिई सेवा पुर्याउनु भएका खड्ग बहादुर श्रेष्ठ हाल कोभिड १९ कोरोना भाइरसको लडाई लड्दै हुनुहुन्छ । कोरोना लागेर निको भएता पनि यसले थप  स्वास्थ्य समस्या उहाँलाई देखिएको छ । हाल उहाँ डाक्टरको सल्लाहा अनुसार आफ्नै निवासमा आईसोलेसनमा बस्दै आउनु भएको छ । होम आइसोलेसनमा रहेर उपचाररत श्रेष्ठको शिघ्र स्वस्थ लाभको कामना गर्दछौं । उहाँ जस्ता राष्ट्र सेवक र कर्तव्यनिष्ठ कर्मचारीलाई राज्यले पनि सम्मान गर्न भुल्नु हुदैन ।