ताजा पोस्ट :

शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

8050

शिवपुरी - असोज ७ ४१औ सामाजिक सेवा दिवशको अवसरमा  सहकार्य समाज नेपाल (CSN) ले  सनराइज चिल्ड्रेन एसोसीयसन इन्क अस्ट्रेलिया  (SCAI Australia) को आर्थिक सहयोगमा नुवाकोट जिल्लाको शिवपुरी  गाउँपालिकामा स्थापना हुन लागेको आइसोलेसन सेन्टरको लागि ७५० वटा भिटिएम, ८ वटा हस्पिटल डवल फोल्डिंग  बेडको सेट ( तन्ना, तकिया , म्याट्रेक्स , १ थान अक्सिजन जेनेरेटर मेसिन, १० थान अमेरिकन इन्फ्रारेड थर्मल गन,२० सेट पीपीई सेट ,५०० थान मास्क र ५०० लिटरको ट्यांकी गरि जम्मा  सात लाख सात हजार सात सय चौध रुपैया बराबरको सामाग्रीहरु सहकार्य समाज नेपालका अध्यक्ष श्री निलकण्ठ आचार्यले गाउपालिकाको अध्यक्ष श्री रामकृष्ण थापालाई हस्तान्तरण गरेको  छ।                                                                                                             लामो अवधि खर्च नहुने सामाग्रीको प्रयोग महामारी पश्चात् पनि स्वास्थ्य उपचारमा उपयोग हुने छन्  . उक्त हस्तान्तरण कार्यक्रममा गाउपालिकाका प्रमुख प्रशासकीय प्रमुख युबराज आचार्य , स्वास्थ्य संयोजक हेम बहादुर श्रेष्ठ , सनराइज चिल्ड्रेन इंक अस्ट्रेलियाका कन्ट्री म्यानेजर राज कुमार लामा लगायत को उपस्थिति रहेको थियो . गाउपालिकालाई अत्यन्त आवस्यक रहेको आइसोलेसन वार्डको लागि  स्वास्थ्य उपकरण उपलब्ध गराएकोमा सहयोगी सस्थाहरुलाई हृदय देखिने धन्यवाद दिनुभयो साथै गाउपालिकाले मेडिकल अफिसर र स्टाफ नर्सहरुको लागि बिज्ञापन समेत खुल्ला गरेको बताउनु भयो . सहकार्य समाज नेपालका अध्यक्ष निलकण्ठ आचार्यले स्वास्थ खेलवाडको बिषय नभएको र हामि सवै पक्ष सम्बेदनशील बन्नु पर्ने औल्याउनु भयो .  एससीएआइका राज कुमार लामाले कोरोना रोकथामकोलागि सानो सहयोग गाउपालिकाको आवस्यकता अनुसार गरिएको बताउनु भयो .कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ संयोजक लगाएतले सहयोगी सस्थालाई धन्यवाद दिनुभएको थियो . ।                                                        शिवपुरी गाउपालिकामा छात्रवृत्ति सहयोगमा रहेका ७३ जना बालबालिकाको अभिभावकलाई कोरोना बिमा गर्ने योजना रहेको छ .  सहकार्य समाज नेपालले शिवपुरी गाउपालिकामा बालबालिकाहरुको बिद्यालय  शिक्षा, जीविकोपार्जन  र  बिद्यालयको गुणस्तर सुधारको लागि गाउपालिका र सनराइज चिल्ड्रेन एसोसिएसन इंक अस्ट्रेलिया संग साझेदारीमा लामो समयदेखि कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।SCAI ले परिवार बाट छुट्टिएका बालबालिकालाइ पालन पोषण , शिक्षा र पारिवारिक पुनर्मिलनको लागि पनि सहयोग गर्दै  आइरहेको छ ।