ताजा पोस्ट :

युवा नेता राजुदिन बाबुले गरे सरसफाईकर्मीहरुलाई लत्ता कपडा सहयोग

4420

बीरगंज महानगरपालिका वडा नं. ८ अन्तर्गत रहेका सरसफाई कामदार पुरुष र महिलाहरुले वडालाई सफा सुथरा गर्नमा दिनोरात खटिरहेकालाई लत्ता कपडा सहयोग गरेका हुन् । समय समयमा जनता समाजवादी पार्टीका युवा नेता राजुदिन बाबुले उनीहरुलाई खाद्यान्न र अन्य समाग्री पनि सहयोग गरेका थिए । आज आफनो निवासबाट नै सरसफाईकर्मीहरुलाई बोलाई सो सहयोग गर्नु भएको हो । जसमा बीरगंज महानगरपालिकाका सरसफाईका नासु सरफुदिन हवारी र सुरेन्द्र राउत नाईकेको विशेष उपस्थिति साथै वडाका अन्य समाजसेवी, बुद्धिजीवी, व्यापारिहरु लगायतका उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शिवशंकर, जुमाई मिया, ललन चौरसिया, राजादिन बाबु, सोनु हवारी, बीरग बहादुर पटेल, असीन हवारी, हसन राजा, मारुफ राजा, मंजुर हवारी, गुलाम मुस्तफा, रफिक हवारी, अनवर हवारी लगायतका उपस्थिति रहेको थियो ।