ताजा पोस्ट :

पर्या-पर्यटनमा सामुदायिक वन महत्वपूर्ण, कोरोनापछि पर्यटकहरुको ओइरो नेपालमा - पर्यटनमन्त्री योगेश भट्टराई

6300

FECOFUN को सामुदायिक वनमा पर्या-पर्यटनका चुनौति,उपलब्धि र सम्भावना बिषयक अन्र्तकृया २०७६ भाद्र २६ गते काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले कोरोना महामारीको प्रभाव कम हुने वित्तिकै पर्यटकहरुको ओइरो लाग्ने बताएका छन् । सामुदायिक वनमा पर्या–पर्यटनका चुनौति, उपलब्धी र सम्भावना विषयक अनलाइन अन्तक्र्रियामा मन्त्री भट्टराईले सो कुरा बताएका हुन् ।  मन्त्री भट्टराईले त्यो अवस्थालाई अवसरका रुपमा लिएर समयमै सही व्यवस्थापनको योजना बनाउनुपर्ने खाँचो रहेको पनि बताए । पर्यापर्यटनको मुख्य आधार प्रकृति र संस्कृति भएको र त्यसलाई कसैले खोसेर लान नसक्ने बताउँदै उनले दुवै आधारमा बलियो भएकोले नेपालमा इको टुरिजमको अथाह सम्भावना रहेको दावी गरे । पर्यापर्यटनका रुपमा सामुदायिक वनहरु महत्वपूर्ण हुने र त्यसबाट समुदायले समेत लाभ लिन पाउँने बताउँदै मन्त्री भट्टराईले स्थानीय र प्रदेश सरकारसँग साझेदारी गरि प्रतिफलमा पनि हिस्सेदार बन्न सामुदायिक वन र त्यसको छाता संगठन फेकोफनलाई आग्रह गरे । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठकले सामुदायिक वन, त्यहाँको जनशक्ति र समुदायको हितमा हुने गरि सरकारले आर्थिक स्रोतलाइ प्रभावकारी ढंगले परिचालन गर्न सके नेपाल राष्ट्रले राखेको संमृद्धिका लागि प्राकृतिक र सांस्कृतिक संवद्र्धनको नारालाई सार्थक बनाउन सकिने बताइन् ।

सामुदायिक वनमा पर्यापर्यटनको विकास र विस्तारमा सरकारले सघाउनु पर्ने र त्यसबाट समुदायले लाभ लिनसके मुलुकको सम्वृद्धिमा टेवा पुग्ने उनको भनाइ छ । पर्यापर्यटन र राज्यले गरेको संकल्पमा सामुदायिक वनहरुले ठुलो योगदान गर्न सक्ने भएकोले पर्यटकिय हिसावले सामुदायिक वन अत्यन्त महत्वपुर्ण भएको पनि प्रस्ट परिन् । कार्यक्रमा महासंघका कानून सल्लाहकार दिलराज खनाल र संरक्षणविद जुद्धबहादुर गुरुङले सामुदायिक वनमा आधारित पर्या–पर्यटनका अवसर र चुनौतिहरु बारेमा आफनो प्रस्तुति प्रस्तुत गरेका थिए । प्रस्तुतिमा मुख्य गरि पर्या–पर्यटन सम्बन्धी संबैधानिक, कानूनी र नीतिगत अवसरहरु, सामुदायिक वनमा आधारित विद्यमान अवस्था र आगामी सम्भावना, सामुदायिक वनमा आधारित पर्या–पर्यटनका समस्या तथा चुनौति र सम्बोधनका उपायहरु समेटिएका थिए । यसैगरि वन तथा भूसंरक्षण विभागका महानिर्देशक मानबहादुर खड्काले पर्यापर्यटनको विकासका लागि कुनै कानूनी वाधा अड्चन देखिएमा सुझाव अनुसार नियमावलीमा सुधार गर्न सरकार तयार रहेको बताए । उनले वन क्षेत्रमा काठ, जडिबुटीसहितको गैरकाष्ठ वन पैदावार, कार्वन, वन्यजन्तु र प्रकृतिमा आधारित पर्यटनलाई इको पर्यटनको रुपमा अघि बढाउन चाहेको बताए । फेकोफनका महासचिव बिर्खबहादुर शाहीले सामुदायिक वनलाई इको टुरिजमको केन्द्र बनाउनु पर्नेमा जोड दिए । यसैगरि महासंघका सचिव ठाकुर भण्डारीले कृषि र वन (एग्रो—फरेष्ट, फरेष्टफुड)लाई सँगसँगै लैजान सकेमा त्यसले समुदायको जीविनस्तर सुधार र आर्थिक सम्वृद्धिमा सघाउने बताए ।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिवहरु प्रदेश १ का मेघराज काफ्ले, प्रदेश २ का रामचन्द्र कंडेल, वाग्मती प्रदेशका सिन्धु ढुंगाना, प्रदेश पाँचका राजेन्द्र केसी लगायतले प्राकृतिक, पर्यटन र सामुदायिक वन उपभोक्ता समुहहरुको भूमिकाबारे मन्तव्य राखेका थिए । यसैगरि सचिवहरुले पर्यटकीय उत्पादन र गतिविधीमा विविधिकरण गर्नु पर्ने, त्यसको लाभ समुदायले पनि पाउनु पर्नेमा जोड दिँदै कानूनी समस्या भए प्रदेश सरकारका तर्फबाट समाधान गर्न तत्पर रहेको प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा सातै प्रदेश अन्तरगतका ३२ जिल्लाका ३४ वटा सामुदायिक वन उपभोक्ता समुहरुका अध्यक्षहरु ३२ जिल्ला महासंघका अध्यक्षहरु, सातै प्रदेश महासंघका अध्यक्षहरु महासंघका पदाधिकारीहरु गरि ९० जनाको सहभागिता थियो ।

- News source : Onsnews.com