ताजा पोस्ट :

बाल दिवसको अबसरमा नागरिक बिकास समाजद्धारा अनाथ बालबालिकालाई शैक्षिक तथा स्वास्थ्य सामाग्री प्रदान

7700

राष्ट्रिय बाल दिवस २०७७ को अबसरमा राष्ट्रिय नागरिक बिकास समाजले  बिगत झैं  यस वर्ष कोभिड १९ कोरोनाको महामारीको कारण उज्यालो नेपाल सामाजिक संस्था गौरीघाटमा आश्रित ३० जना अनाथ, असाहय बालबालिकालाई शैक्षिक सामाग्री, माक्स, सेनिटाईजर हस्तान्तरण गरेको छ । साथै खाना, जुस, खुवाएर सम्पूर्ण बालबालिकालाई खादा लगाई सम्मान समेत गर्यो। 

नेवा पुच संस्था नयाँबजारले  शैक्षिक सामाग्री उपलब्ध गराएको थियो । उक्त कार्यक्रममा सामाजिक अभियन्ता ज्ञानु श्रेष्ठ, अभियन्ता पम्फा भट्टराई, राष्ट्रिय नागरिक समाजका सदस्यहरू बेखुनारायन श्रेष्ठ, सामाजिक अभियन्ता रिता श्रेष्ठ प्रधान, सामाजिक अभियन्ता राजेश्वरी श्रेष्ठ,  बिकास थापा,  संगिता रिमाल, पत्रकार तारा कार्की लगायत उपस्थित रहेको थियो ।

उक्त कार्यक्रमको सभापतित्व उज्यालो नेपालकी अध्यक्ष रमा कोइराला रोहिनीले गर्नु भएको थियो । यस किसिमको सामाजिक एवं मानवीय सेवामा हातेमालो गर्नु हुने सहयोगी हातहरुलाई राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेशजंग कुँवरले धन्यवाद प्रदान गर्नुभयो ।